top of page

एनआरएनए अन्ततः तीन टुक्रामा विभाजित! एकिकृत भविष्य धरापमा

Writer's picture: Nepalism.comNepalism.com

-Pradeep Pariyar Thapa

Exclusive: एनआरएनए अहिले आफ्नो दुई दशकको गौरवशाली ईतिहासको सबैभन्दा संगिन घडीमा उभिएकोछ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को यहीं अक्टोवर १९ तारिख काठमाण्डूमा सम्पन्न ११ औं महाधिवेशनको निर्वाचनबाट संघको अध्यक्षमा डा. बद्री केसी र उनको समूहका पचासी प्रतिसत विजयी भएको घोषणासंगै अध्यक्ष पदका प्रत्यासी भै डा. केसीको निकटतम मत पाएर पराजित अध्यक्ष पदका उम्मेदवार आरके शर्माको नेतृत्वमा अर्को समानान्तर एनआरएनए आईसीसी समिति गठन भएको स्वघोषणा गरिएकोछ। यि दुई समानान्तर आईसीसी समितिहरूको घोषणासंगै सन् २०२१ को अक्टोवरमा सम्पन्न संघको १० औं महाधिवेशनबाट चोईटिई सकेको संघका पूर्व अध्यक्ष शेष घले समर्थित समूह सहित एनआरएनएको बिरासतबाट तीनवटा एनआरएनए समूह अस्तित्वमा आएकोछ। संघका संस्थापक नेताहरू र वर्तमान अगुवा पंक्तिहरू एनआरएनएलाई पटक पटक टुक्रिनबाट बचाउन पूर्णरूपमा असफल भएकाछन् भने नेतृत्वपंक्तिको सत्ता स्वार्थको खिचलो र रडाकोको कारण विश्वभरका ८७ देशहरूमा फैलिएका ८० लाख एनआरएन भनेर चिनिने प्रवासी नेपाली डायस्पोराहरूको हकहीतको सवाल ओझेलमा पर्ने सम्भावना देखिएकोछ। योभन्दा विडम्बनाको कुरा अर्को के हुन सक्छ?


पछिल्लो विवादको चुरो


यो वर्ष संघको ११ औं महाधिवेशनको निर्वाचनमा ५९ देशका ४ हजार २ सय २७ जना डेलिगेटहरूले अनलाईन र प्रतक्ष्य मतदान गरेका थिए। महाधिवेशनमा काठमाण्डूमा उपस्थित झण्डै एक हजार डेलिगेटहरूले प्रतक्ष्य मतदान गरेका थिए। सो क्रममा उपाध्यक्ष पदका उम्मेदवार डा. केशव पौडेलको नाममा काठमाण्डूमा उपस्थित डेलिगेटहरूले प्रतक्ष्य मतदान गरेको मतमा शून्य (0) आएको कुरा भेरो भोटिंग कम्पनीले पेश गरेको प्रारम्भिक निर्वाचन रिपोर्टमा देखियो। सो रिपोर्टलाई निर्वाचन समितिले चेकजाँच नगरी जस्ताकोतस्तै अधिवेशन हलमा प्रोजेक्टरबाट देखाईयो। डा. पौडेल स्वयम् अधिवेशन हलमा उपस्थित भएर आफ्नो मत हाले पनि कसरी शून्य मत आयो भन्ने प्रश्न उठेपछि अधिवेशन एकाएक भाँडिएको थियो। पछि निर्वाचन आयोग र भेरा भोटिंगका अनुसार डा. केशव पौडेलको नाम अनलाईन भोटिंगमा Keshab स्पेलिंग लेखिएको र काठमाण्डूको प्रतक्ष्य मतदानमा keshav लेखिएकोले गल्ति भएको भनियो। सो फरक स्पेलिंगको कारण उनको मत शून्य (0) देखिएको रहेछ। खासमा डा. पौडेललाई काठमाण्डूमा ३५६ मत आएको रहेछ। यसरी नेपालबाट खसेको शून्य मत हुँदा पराजित बनेका डा. पौडेल केही बेरमै सच्याईएपछि विजयी घोषणा गरिए। तर यतिन्जेल समयले कोल्टे फेरी सकेकोथियो। निर्वाचनमा पराजित अधिकंश उम्मेदवारहरूले निर्वाचनको परिणाम अस्वीकार गर्दै छानबिन र पुनः मतदानको माग गर्न शुरू गरे। यसैबिच, भेरो भोटिंग र निर्वाचन समितिले डा. पौडेलको मतगणनालाई सच्याउँदै अन्य मतगणना र विजेताहरू यथावत राखेर अन्तिम निर्वाचन रिपोर्ट जारी गर्यो।तर यतिन्जेलसम्म डा. बद्री केसीको निकटतम मत पाएर पराजित अध्यक्ष पदका उम्मेदवार आरके शर्माको नेतृत्वमा अर्को समानान्तर एनआरएनए आईसीसी समिति गठन भएको स्वघोषणा गरियो।यसरी दोश्रो पटक एनआरएनए पुनः विभाजित बन्न पुग्यो।


११ औं महाधिवेशनबाट को को निर्वाचित भए?


एनआरएनएको अध्यक्ष पदमा बद्री केसी-रसिया (१३७८) मत लिएर विजयी भएका छन् भने उपविजेताहरू राजेन्द्रकुमार (आरके) शर्मा- कतार (१२८१) मत र महेशकुमार श्रेष्ठ- जापान (१२२५) मत प्राप्त गरे।


त्यसैगरी, संघको ६ जना उपाध्यक्षहरूमा विनोद श्रेष्ठ- अस्ट्रेलिया (१५६०), डा. हेमराज शर्मा- युके (२२६५), डा. केशव पौडेल- अमेरिका (१६००), राजु रेग्मी (राज)- कतार (१९००), रामशरण सिमखडा-युके (१५५२) र रोविन प्रशाद शेरचन- जापान (२१८०) निर्वाचित भए ।


उता महिला उपाध्यक्षमा रोजिना प्रधान राई- युकेले (१९४७) मत प्राप्त गरेर विजेता बनिन् भने युवा उपाध्यक्षमा रोसन थापा- जाम्बियाले (२४६८) मत प्राप्त गरेर विजयी भए ।


त्यसैगरी, महासचिवमा गौरीराज जोशी- अमेरिकाले (२०३७) मत प्राप्त गरेर विजयी भए भने दुई उपमहासचिवमा प्रविन गुरुङ- कतार (२१५०) र सोम सापकोटा-युके (१७९०) विजयी भए ।


त्यसैगरी, ६ वटा सचिवहरूमा भिम केसी कमल- पोर्चुगल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी- अस्ट्रेलिया (१७८२), मनोजकुमार श्रेष्ठ गोर्खाली- युएई (२०२४), डा. नवराज रोस्यारा- जर्मनी (१८५३), पारमणी पोखरेल- जापान (१६५१) र स्वतन्त्र प्रताप शाह- अस्ट्रेलिया (१६६६) विजयी भए ।


उता महिला सचिवमा राधिका गुरुङ टिका- हङकङ (२३२०) विजेता बनिन्।


त्यसैगरी, कोषाध्यक्षमा सुदनकुमार थापा- जापान (१९१७) विजयी भए भने ३ जना सहकोषाध्यक्षहरूमा अभिमन्यू बस्नेत- क्यानाडा (२०८१) कृष्ण प्रसाद तिमल्सेना- युके (२०१५) र तिलकप्रसाद गैरे- पोर्चुगल (२२३२) मत प्राप्त गरेर विजयी भए । उता महिला सहकोषाध्यक्षमा अमृत थापा कन्चन- चीन (२२८७) मत प्राप्त गरेर विजेता बनिन् ।


त्यसैगरी, महिला संयोजकमा अनुजा प्रधान- बेल्जियम (२३३६) मत प्राप्त गरेर विजेता बनिन् भने युवा संयोजकमा सुपेन्द्र घिसिङ- जापान (२०३६) मत प्राप्त गरेर विजयी भए ।


त्यसैगरी, क्षेत्रीय संयोजक (आरसी) एशिया प्यासिफिक- हरिप्रसाद भट्टराई (मलेशिया), ३ जना क्षेत्रीय उपसंयोजक (डिआरसी) एशिया प्यासिफिक- बिमल सुवेदी- कोरिया, दीपक कंडेल- जापान र दीपक केसी- जापान, क्षेत्रीय महिला संयोजक (आरसी) एशिया प्यासिफिक- अनिता गुरूंग लामा- जापान विजयी भए।


त्यसैगरी, क्षेत्रीय संयोजक (आरसी) युरोप- डा. चिरन्जीवी खड्का- चेक रिपब्लिक, ३ जना क्षेत्रीय उपसंयोजक (डिआरसी) युरोप- महेश अधिकारी- युके, राजु अर्याल- नर्वे र रोवट लिम्बु- पोर्चुगल, क्षेत्रीय महिला संयोजक (आरसी) युरोप- प्रसुना कंडेल- युके विजयी भए।


त्यसैगरी, क्षेत्रीय संयोजक (आरसी) मिडल ईष्ट- राजेन्द्र अर्याल- साउदी अरेबिया, ३ जना क्षेत्रीय उपसंयोजक (डिआरसी) मिडल ईष्ट- लालप्रशाद पुन मगर- बहराईन, माधव पौडेल- कुवेत र रमेश श्रेष्ठ- युएई, क्षेत्रीय महिला संयोजक (आरसी) मिडल ईष्ट- लक्ष्मी गिरी विजयी भए।


त्यसैगरी, क्षेत्रीय संयोजक (आरसी) ओसियाना- दिनेश पोख्रेल, ३ जना क्षेत्रीय उपसंयोजक (डिआरसी) ओसियाना- अरूणकुमार ठाकुर, गोकुलप्रशाद घिमिरे र कोमलराज पाठक, क्षेत्रीय महिला संयोजक (आरसी) ओसियाना- रेनुका लामा विजयी भए।


त्यसैगरी, क्षेत्रीय संयोजक (आरसी) अमेरिकाज- बेदराज बस्नेत (अमेरिका), ३ जना क्षेत्रीय उपसंयोजक (डिआरसी) अमेरिकाज- गोविन्द सुवेदी, पूर्ण चन्द्र बानिया र संजिव के श्रेष्ठ, क्षेत्रीय महिला संयोजक (आरसी) अमेरिकाज- ईन्दिरा त्रिपाठी विजयी भए।


आरके शर्माको स्वघोषित कार्य समिति


संघको अध्यक्ष पदका उम्मेदवार आरके शर्मा- कतारको नेतृत्वमा स्वघोषणा गरिएको समानान्तर कार्य समितिका ६ जना उपाध्यक्षहरुमा डा. केशव पौडेल- अमेरिका, गोविन्दप्रशाद श्रेष्ठ रोविन्दा- जापान, खगेन्द्र न्यौपाने- मलेशिया, गंगाधर गौतम- बेल्जियम, सुनिल शाह- अमेरिका, विजय मोक्तान- जर्मनी र गणेश केसी- अस्ट्रेलिया रहेका छन् भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई- युके र युवा उपाध्यक्षमा अब्दुल वसिद- कतार रहेका छन् ।


त्यसैगरी, महासचिवमा बुद्धीसागर सुवेदी- अमेरिका छन् भने उपमहासचिवमा सोम सापकोटा- युके रप्रमोद सिटौला- अमेरिका छन् । त्यस्तै, ३ जना सचिवमा लोकप्रसाद दाहाल- बेल्जियम, कृष्णजिबि पन्थ- अमेरिका, टंक गैरे- जापान, दयानिधि सापकोटा- युके, राम सि पोखरेल- अमेरिका र कृष्णप्रशाद (केपी) सिटौला- कोरिया छन् ।


त्यसैगरी, कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना- युएई छन् भने ३ जना सहकोषाध्यक्षमा तिलकप्रशाद गैरे- पोर्चुगल, मोहम्मद मक्दा मुसलमान- कतार, सीपी पौडेल- अमेरिका र कृष्णप्रशाद तिमल्सेना- युके, महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले- अमेरिका छन् ।


त्यसैगरी, महिला सचिवमा विमला सापकोटा- क्यानाडा, महिला संयोजकमा देवकी खत्री गुरुङ- क्यानाडा छन् भने युवा संयोजकमा रविन अधिकारी- पोर्चुगल छन्।


यो पनि पढ्नुहोस्ः




Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page