एनआरएनए आईसिसी उत्तर अमेरिकाद्वारा घरेलु हिंसा संचेतना र समाधानबारे भर्चुवल गोष्ठी मार्च २७ मा हुँदै
- Nepalism.com
- Mar 24, 2021
- 1 min read

Upcoming: एनआरएनए आईसिसी उत्तर अमेरिका क्षेत्रद्वारा नियमित श्रृंखला महिला आवाजको तेस्रो प्रस्तुति ‘घरेलु हिंसा संचेतना र समाधान’ विषयमा भर्चुवल गोष्ठी यहीं मार्च २७, बेलुकी ७ बजे आयोजना गरिएको छ। उक्त भर्चुवल गोष्ठीमा अमेरिकाको नेपाली समुदायमा बढ्दो घरेलु हिंसा, यसका कारण र कानूनी उपचारबारे बिचार मन्थन गरिनेछ।
गोष्ठीमा न्यू जर्सी राज्यको जर्सी सिटीस्थित महिला यौन हिंसा विरूद्ध कृयाशिल संस्था हडसन स्पिक्सकी डाइरेक्टर डा. विष्णुमाया परियारले नेपाली अमेरिकी समाजमा बढ्दो घरेलु हिंसाबारे प्रकाश पार्नेछिन् भने वासिंगटन डिसीकी अधिवक्ता बन्दिता शर्माले कानूनी उपचारबारे सुझाउनेछिन्। गोष्ठीमा एनआरएनए आईसिसी उत्तर अमेरिका क्षेत्रीय महिला संयोजक उमा कार्की थापाले सहजकर्ताको भूमिका निभाउनेछिन्।
यस अघि ‘महिला आवाज’ (Women Voice) नियमित श्रृंखला अन्तर्गत ‘महिला दक्षता एवं आवश्यकताको पहिचान’ र ‘एनआरएनए सदस्यता र युवा संलग्नता’ बारे गोष्ठी संचालन भैसकेको कुरा एनआरएनए आईसिसी उत्तर अमेरिका क्षेत्रीय महिला संयोजक उमा कार्की थापाले जानकारी गराएकीछिन्।
Comments