top of page

अमेरिकामा एनआरएनए विज्ञ गोष्ठी: महामारीको अवधिमा लैंगिक हिंसा र मानसिक स्वास्थ्यबारे भर्चुवल सम्बाद

Writer's picture: Nepalism.comNepalism.com

Exclusive: अमेरिका: गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रको क्षेत्रीय सम्मेलन र दोश्रो विज्ञ भेलाद्वारा आयोजित ‘कोभिड-१९ को अवधिमा लैंगिक हिंसा र मानसिक स्वास्थ्य‘ (Gender-based Violence & Mental Health during COVID-19 Pandemic) एनआरएनए भर्चुवल विज्ञ गोष्ठीमा प्यानेलिष्ट र अतिथि वक्ताहरूले कोरोना महामारीको अवधिमा नेपाल र विश्वभरनै महिला हिंशामा बढोत्तरी भएको उल्लेख गर्दै समाज, सरोकारवाला निकाय र राज्य संयन्त्रले महिला र बालबालिकाको सुरक्षाको निम्ति तत्काल कदम चाल्नु पर्ने कुरामा जोड़दिएकाछन्।


गत सेप्टेम्बर ४, ५ र ६ मा सम्पन्न एनआरएनए आईसिसी अमेरिका क्षेत्रीय सम्मेलन र दोश्रो विज्ञ भेलाको प्राविधिक कारणवस स्थगित गोष्ठी अक्टोवर ३ तारिख पुन:सन्चालन गरिएको हो।


गोष्ठीबाट प्रस्तुत मुख्य उपलब्धिहरू:

(Key findings from the conference)


-युनएन वमनको डाटाअनुसार, कोरोना महामारी शुरू हुनु अघि विश्वभर ३ जना महिला मध्ये १ जनामहिलामा शारीरिक र यौनजन्य हिंसा हुने गरेको थियो भने महामारीको अवधिमा अझ बढी हिंसा बढेकोछ। (Patricia Cortes, panelist, Coordination Specialist, Generation Equality Forum UN Women)

-नेपालमा चैत्रयता दैनिक ७ जना महिला, बालिकाको बलात्कार (स्रोत: कान्तिपुर दैनिक)

-“Every ten minutes, a woman somewhere in Nepal dials 1145, the helpline operated by the National Women Commission (NWC), seeking assistance” (Shanta Laxmi Shrestha, panelist, Chairperson, Beyond Beijing Committee (BBC) Nepal)


उक्त गोष्ठीमा राष्ट्रीय र अन्तराष्ट्रीय विज्ञ ९ जना प्यानेलिष्टहरू रहेकाथिए। गोष्ठीको सभापतित्व एनआरएनए आइसिसि सदस्य, हडसन् स्पिक्स एगेंस्ट सेक्सुअल भायोलेन्स (स्पिक सिस्टर) कोअर्डिनेटर तथा एड्वनकी संस्थापक अध्यक्ष डा. बिष्णुमाया परियारले गरेकि थिईन्।प्यानेलिष्टहरूमा माननीय सांसद तथा नेपालको संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितिको सभापति निरा देवि जैरु, जर्सी सिटी शहरको काउन्सिल प्रेसिडेंट जोईस वाटरम्यान, युनएन वुमन जेनेरेसन ईक्वालिटी फोरमकि कोअर्डिनेसन स्पेशलिस्ट प्याट्रिसिया कोर्टेस, रिकी मास्टर एवं ग्रिफ र ट्राउमा एक्सपर्ट क्लेयर स्वार्ज, बियोंड बेइजिङ्ग समिति नेपालकि सभापति शान्ता लक्ष्मी श्रेष्ठ, बेलायतकि सोसल ओर्कर लक्ष्मी राई, न्यू योर्कका अध्यागमन अधिवक्ता शिव खनाल र युवा नेतृ नेहा रायमाझी रहेका थिए।


त्यसैगरी, गोष्ठीका अतिथि वक्ताहरूमा अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुन कार्की, एनआरएनए आईसिसी अध्यक्ष कुमार पन्त, एनआरएनए आईसिसी उपाध्यक्ष रविना थापा, एनआरएनए आईसिसी सचिव गौरी जोशी, एनआरएनए आईसिसी उत्तर अमेरिकी क्षेत्रीय संयोजक राजन त्रिपाठी, एनआरएनए आईसिसी उत्तर अमेरिकी क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, एनआरएनए एनसिसी अफ अमेरिका अध्यक्ष सुनिल शाह, एनआरएनए एनसिसी अफ क्यानाडा अध्यक्ष चिरन्जिबी घिमिरे, एनआरएनए आईसिसी उत्तर अमेरिकी क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, एनआरएनए आईसिसी सदस्य यमुना भट्टराई र एनआरएनए आईसिसी सदस्य तृष्णा काफ्ले शर्मा रहेका थिए।


उक्त कार्यकममा एनआरएनए आइसिसि महिला संयोजक भुमा लिम्बुले स्वागत मन्तब्य राखेकिथिईन् भने सन् २०१९ कि मिस नेपाल युएसकि दोश्रो उप-बिजेता मेघा रौनियार कार्यक्रमकोमोडरेटर रहेकिथिईन्।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page