top of page

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा बुद्दी सुवेदी विजयी; ११४ विजयी मध्ये जनजाति २१.९% रमहिला २०.१% विजयी

Writer's picture: Nepalism.comNepalism.com

Updated: Jun 1, 2021


-Pradeep Pariyar Thapa Updated: Exclusive: एनआरएनए अमेरिका अर्थात गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अनलाईन पद्दतिद्वारा मे २९ र ३० तारिख सम्पन्न निर्वाचनमा राष्ट्रिय अध्यक्ष पदमा बुद्दी सुवेदी ५,६१८ मत ल्याएर विजयी भएकाछन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कृष्ण लामिछानेले ५,२०० मत ल्याएकाछन्। अध्यक्ष पदका अन्य दुई प्रतिस्पर्धीहरू डा. अर्जुन बन्जाडेले ४,१४८ र तिलक केसीले ५६७ मत ल्याएर पराजय व्यहोर्नु परेकोछ। एउटै नेपाली काँग्रेस-जनसम्पर्क समिति समर्थनका लामिछाने र डा. बन्जाडेको ९,३४८ मत बाँडिएपछि सोही खेमाकै प्रत्यासी सुवेदीले सजिलै विजय हाँसिल गर्न पुगेको कुरा प्रष्ट देखिएकोछ। उता प्रवासी नेपाली एकता मंचको समर्थनबाट उठेका केसीको झिनो मतले प्रगतिशील खेमामा ठूलै भुईचालो गएकोछ। त्यसैगरी, यसपाली कूल ४१२ उम्मेद्वारहरु मध्ये १४४ जना निर्बिरोध भैसकेकाछन् । नेपालिजम डट कमको विशेष रिपोर्टअनुसार प्रतक्ष मतदानमा ११४ पदका लागि प्रतिस्पर्धी २६८ उम्मेदवारहरूबाट विजयी ११४ मध्ये जनजाति २५ जना (२१.९%), महिला २३ जना (२०.१%) र मधेसी २ जना (१.७%) विजयी भएकाछन् भने अप्रेस्ड समुदायबाट उम्मेदवार रहेका तीनै जनाको पराजय भएकोछ। अनलाईन मतदानमा २० हजार १३९ जना सदस्यहरूले भाग लिएका थिए। नेपालिजम डट कमको अघिल्लो रिपोर्टअनुसार यसपालीको निर्वाचनमा महिला ८२ जना (१९.९ प्रतिशत), जनजाति ७७ जना (१८.६%), मधेसी २० जना (४.८%) र अप्रेस्ड समुदायबाट ३ जना (०.७३%) रहेका थिए। यि सबै क्याटेगोरी कूल ४१२ उम्मेदवारहरूको ४४.१७ प्रतिशत हो। समावेशिता खोई? नेपालमा संवैधानिक रूपमै महिला प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित छ तर अमेरिकी नेपाली पुरूषहरूले महिला प्रतिनिधित्व ३३ प्रतिशत गराउने कुरा दिवास्वप्न भएकोछ। अमेरिकामा रहेका नेपाली आदिवासी जनजातिहरूको दर्जनौं प्रभावशाली संघसंस्थाहरू अस्तित्वमा रहे पनि एनआरएनएको मुलप्रवाहमा होमिन यि आदिवासी जनजातिहरूलाई जुगौं लाग्ने देखिन्छ। अर्को महत्वपूर्ण वर्ग युवापुस्ताहरूको प्रतिनिधित्व पनि न्यूनतम रहेकोछ। एनआरएनए आईसिसीको विधानत: चालिस वर्ष मुनिका अमेरिकी नेपाली युवाहरूको डाटा निर्वाचन आयोगसंग छैन। राष्ट्रिय समन्वय परिषदको लागि कूल १०४ जना उम्मेद्वारहरु प्रतिस्पर्धामा रहेका थिए, जस मध्ये अध्यक्षमा बुद्दी सुवेदी विजयी भएकाछन् भने वरिष्ठ उपाध्यक्षमा कृष्ण जिवि पन्त ६,८५० मतल ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वंद्वीहरू बाबुराम लामाले ५,५६३ र चित्रा कार्कीले २,६६३ मत ल्याएका छन्। त्यसैगरी, राष्ट्रिय उपाध्यक्ष ४ पदको लागि भएको निर्वाचनमा विकास उप्रेति ४,४३३ मत; दिलुराम पराजुली ५,०९७ मत; गोपेन्द्रराज भट्टराई ५,४९६ मत र सुमन थापा ५,९७५ मत ल्याएर विजयी भएकाछन्। त्यसैगरी, महिला उपाध्यक्ष पदको लागि भएको निर्वाचनमा दिक्षा बस्नेत ८,२४५ मत ल्याएर विजयी भएकीछिन् भने उनको प्रतिद्वंद्वी क्रान्ति अर्याल भण्डारीले ६,४६६ मत ल्याएकिछिन्। त्यसैगरी, महासचिव पदको लागि भएको निर्वाचनमा अन्जनकुमार चौंलागाई ६,३१२ मत ल्याएर विजयी भएकाछन् भने उनका प्रतिद्वंद्वीहरू विनोद भट्ट ले ५,१४५ मत; नृपेन्द्र धितालले २,५०९ मत र नवराज सुवेदीले ७८५ मत ल्याएकाछन्। त्यसैगरी, सचिव पदको लागि भएको निर्वाचनमा अनुप खनालले ५,९५७ मत ल्याएर विजयी भएकाछन् भने उनका प्रतिद्वंद्वीहरू द्रोण गौतमले ५,२२१ मत र नारायणप्रशाद पोख्रेलले ३,४७३ मत ल्याएकाछन्। त्यसैगरी, महिला सचिव पदको लागि भएको निर्वाचनमा सुनिता सापकोटा कंडेलले ७,७०३ मत ल्याएर विजयी भएकीछन् भने उनका प्रतिद्वंद्वी तारा ढकाल मरहट्टाले ६,८७२ मत ल्याएकीछन्। त्यसैगरी, कोषाध्यक्ष पदको लागि भएको निर्वाचनमा राजिवप्रशाद श्रेष्ठले ८,८०८ मत ल्याएर विजयी भएकाछन् भने उनका प्रतिद्वंद्वी सतेन्द्र कुमार शाहले ५,७९५ मत ल्याएकाछन्। त्यसैगरी, सह-कोषाध्यक्ष पदको लागि भएको निर्वाचनमा अग्निप्रशाद ढकालले ६,२०६ मत ल्याएर विजयी भएकाछन् भने उनका प्रतिद्वंद्वीहरू विकास ढकालले ४,६३७ मत र रविन्द्र पि उप्रेतिले ३,५८८ मत ल्याएकाछन्। त्यसैगरी, युवा संयोजक पदको लागि भएको निर्वाचनमा त्रिभुवन पाण्डेले ८,२३० मत ल्याएर विजय भने उनका प्रतिद्वंद्वी विजय गुरूंगले ६,३८३ मत ल्याएकाछन्। त्यसैगरी, महिला संयोजक पदको लागि भएको निर्वाचनमा सुन्दरी गुरूंगले ७,८५७ मत ल्याएर विजयी भएकीछन् भने उनका प्रतिद्वंद्वी सुनिता खत्रीले ६,९४१ मत ल्याएकीछन्। त्यसैगरी, १२ वोर्ड अफ डाइरेक्टर पदको लागि भएको निर्वाचनमा विजयीहरू आशिष संग्रौला, बाला आर घिमिरे, बिसाल राना मगर, विश्वराज बास्तोला, डोलनाथ घिमिरे, दुर्गेशजंग कार्की, ज्ञानेन्द्र गुरूंग, प्रभातराज सापकोटा, प्रकाश श्रेष्ठ, राज ढुंगाना, सन्तोष पाहारी र शान्ति पौड्याल विजयी भएकाछन्। त्यसैगरी, ४ क्षेत्रीय कमिति चेयर पदहरूको लागि भएको निर्वाचनमा विजयीहरूमा किरण बि. बस्नेत (मिडवेस्ट), सम्मर बि. बुढाथोकी (नर्थ-ईस्टर्न), बादल भुजेल (साउथ) र श्रीराम थापा (वेष्ट) विजयी भएकाछन्। त्यसैगरी, ९ आईसिसी सदस्य पदहरूको लागि भएको निर्वाचनमा विजयीहरूमा अम्रित एन सापकोटा, बिन्दू निरौला, विनोदकुमार तिवारी, गोविन्द सुवेदी, नारायणप्रशाद कंडेल, संजय थापा, संजिव के. श्रेष्ठ, सुरेन्द्रप्रकाश मल्ल र विष्णुवहादुर शाह विजयी भएकाछन्। त्यसैगरी, राज्य च्याप्टर अध्यक्ष पदहरूमा विजयीहरूमा सबैभन्दा बढी सदस्य संख्या (४,१९९) भएको टेक्सस राज्य च्याप्टर अध्यक्ष पदमा सोफिन थापाले १,५२४ मत ल्याएर विजयी भएकाछन् भने उनका प्रतिद्वंद्वी सन्देश उप्रेतिले १,४४९ मत ल्याएकाछन्। त्यसैगरी, दोश्रो ठूलो मतदाता संख्या ४,००९ सदस्य भएको न्यू योर्क राज्य च्याप्टर अध्यक्ष पदमा आंग छिरिंग शेर्पाले १,३३९ मत ल्याएर विजयी भएकाछन् भने उनका प्रतिद्वंद्वीहरू विष्णु राना मगरले १,११४ मत र शिव बि. बानियाले ५९७ मत ल्याएकाछन्। त्यसैगरी, मतदाता संख्याको हिसाबले तेश्रो स्थानमा २,०४० सदस्य रहेको क्यालिफोर्निया राज्य च्याप्टर अध्यक्ष पदमा एक देव शर्माले ७१२ मत ल्याएर विजयी भएकाछन् भने उनका प्रतिद्वंद्वीहरू विजय कुमार चौधरीले ४७२ मत र विनय पोख्रेलले ३०२ मत ल्याएकाछन्। त्यसैगरी, मतदाता संख्याको हिसाबले चौंथो स्थानमा १,९४३ सदस्य रहेको मेरील्याण्ड राज्य च्याप्टर अध्यक्ष पदमा राजु पराजुलीले ९०४ मत ल्याएर विजयी भएकाछन् भने उनका प्रतिद्वंद्वी विष्णु कुमार बरालले ७७१ मत ल्याएकाछन्। त्यसैगरी, मतदाता संख्याको हिसाबले पाँचौं स्थानमा १,००४ सदस्य रहेको मासाचुसेट्स राज्य च्याप्टर अध्यक्ष पदमा प्रेम तामांगले ५६४ मत ल्याएर विजयी भएकाछन् भने उनका प्रतिद्वंद्वी हरिप्रसाद काफ्लेले ३२१ मत ल्याएकाछन्। त्यसैगरी, एक हजार मतदाता संख्याभन्दा कम सदस्यहरू रहेको राज्य च्याप्टरहरू मध्ये अध्यक्ष पदमा विजयीहरूमा कोलोराडो राज्य च्याप्टर अध्यक्षमा रामचन्द्र पन्त, केन्टकी राज्य च्याप्टर अध्यक्षमा केशवराज लोहनी र नर्थ क्यारोलिना राज्य च्याप्टर अध्यक्षमा बासुदेव भट्ट विजयी भएकाछन्। एनआरएन अमेरिकाको र विश्वकै एनआरएन ईतिहासमा २० हजार १३९ सदस्य संख्या सबैभन्दा धेरै साधारण सदस्यता बनेको निर्वाचन अवधि हो। सन् २०१० देखि बैधानिक रुपमा 'एनआरएन अमेरिका' को नामबाट संगठनात्मक गतिबिधी थालेको एनआरएन अमेरिकाको सन् २०१३ को मेमा सम्पन्न दोश्रो अधिबेशनमा जम्मा २८८ जना साधारण सदस्य बनेका थिए ।


एनआरएन अमेरिका निर्वाचन आयोगद्वारा उपलब्ध प्रारम्भिक निर्वाचन परिणामको सूची:


Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page