top of page

ॐ मणिपद्मे हूँ या ओ मने पेमे हुँ किन भनिन्छ?

Writer's picture: Nepalism.comNepalism.com

- Sasang Lama, New York

भाषा र साहित्यमा रसियाबाट एमए गरेका खरो टिप्पणीकार ससाङ् लामाको बिचारोत्तेजक आलेखहरू पढेर रचनात्मक बहसमा सहभागी बन्नुहोस् ।

Exclusive: न्यू योर्कः ॐ मणिपद्मे हूँ - संसारभरका बौद्व धर्मावलम्वीहरुले जप्ने मुल मन्त्र हो । बिभिन्न देशमा यो मन्त्र फरक फरक किसिमले उच्चारण गरिन्छ । तिब्बतिहरुले 'ओ मने पेमे हुँ' भन्छन भने जापानिहरुले चैं 'ओमु मणी पेमे फुमु' भन्छन्। चिनियाँहरुले 'आन म नि बा मि होंग' भन्छन् र रुसी बुर्यातिहरुले चैँ 'ओम मणी बदमे खुम' भनेर ल्याउँदारान । यो मन्त्रको भाव के हो? अर्थ के हो?


यस मन्त्रको भावबारे धर्मज्ञाताहरुको आ-आफ्नै बिश्लेषण छ, interpretation छ । यस मन्त्रको उत्पती भारतीय उपमहाद्विपमा भएको र धर्म सम्बन्धी ग्रन्थ र मन्त्रहरु प्रायः संस्कृतमै हुन्थे । 'ॐ मणिपद्मे हूँ' भनी यो मन्त्रलाई संस्कृतमा लेखिएको छ । चिनियाँ र तिब्बतिहरुले आफ्नै लवजमा ढाल्दा यो अपभ्रंशित हुन पुगेको हो भन्ने मेरो ठम्म्याइ छ । तीन शब्दको यो मन्त्रलाई कतिपयले मणी र पद्मे अलग अलग उच्चारण गर्छन् । यो तीन शब्दको माने यसरी अर्थ्याइएको छ:

ॐ - पवित्र धार्मिक शब्द (भारतिय उपमहाद्विपमा रहेका धेरै धर्महरुले यो शब्दलाई sacred word को रुपमा लिन्छन् ।

मणी - Jewel बहुमुल्य पत्थर

पद्म - Lotus कमलको फूल

हुँ- निर्वाणचित्त अर्थात् Spirit of Enlightenment


ॐ शब्दकै अनेक धार्मिक connotation हरु छन्। यस शब्दको उच्चारण गर्दा शरीरका सबै तन्तुहरु सकृय हुन्छन् रे ! मणी र पद्म अलग अलग उच्चारण गर्दा ति शब्दहरुले शाब्दिक अर्थ मात्र जनाउँछ ।तर 'मणिपद्मे' शब्द संयोजनले बिम्ब, metaphor झल्काउँछ ।


हिलोमा फुलेको कमल, बिना हिलो नै कञ्चन रुपमा प्रष्फुटित हुन्छ । संसारिक मायामोह, दु:खकष्ट, बिधी ब्यवधानका बाबजुद पनि निर्वाणचित हाँसिल गर्न सक्ने व्यक्तिलाई बिम्बात्मक भाषामा कमलको फूल भनिएको हो र त्यो कमलको फूलमा भएको गुणलाई व्याख्या गर्न 'मणी' बिशेषण जोडिएको हो, अर्थात 'मणी जडित पद्म' भनी वर्णन गरिएको हो ।


ॐ र हुँ को माथि परिभाषा दिएपनि, यि एक-अक्षरे शब्दहरुको कुनै भाषिक अर्थ नरहेको र यि शब्दहरुलाई विस्मयादीबोधक् चिन्हको रुपमा प्रयोग गरिएको हो भन्दा अतार्किक नहोला । तर ॐ र हुँ लाई अलौकिक ध्वनिको रुपमा प्रयोगमा ल्याइन्छ र यि दुई शब्द भारतीय उपमहाद्विपमा अत्यधिक प्रचलनमा छ।

शब्द शब्दमा नगएर यस मन्त्रको मुख्य सार भनेकै जीवनलाई, कमलको फूल जस्तै कञ्चन र स्वच्छ पारी मणीरूपी गुणले युक्त पार्नुपर्छ भन्न खोजेको हो । यो मन्त्र लाखौं पल्ट जपेपनि, मन्त्रको सारलाई आफ्नो जीवनमा अम्मल नगरेसम्म, मन्त्र जपेर मात्र केही फाईदा हुन्न । तर मन्त्र उच्चारणले आध्यात्मिक मार्गमा उत्प्रेरणा जगाउँछ । त्यै उत्प्रेरणा बिकसित हुँदै निर्वाण पथमा गएर जोडिन्छ ।


धार्मिक गुरु दलाई लामा भन्नुहुन्छ: “आजसम्म हामीले धर्म नबुझिकन अभ्यास गर्यौं । २१ औँशताब्दीमा धर्म बुझेर अभ्यास गर्नुपर्छ।” बाबुबाजेले यस्तै गर्दै आएका थिए, हामीले पनि गर्ने यहीं हो भनेर विश्वमा भैरहेको परिवर्तनलाई आत्मसात नगर्ने हो भने, समयानुरुप चल्नेहरु अगाडि बढ्छन्, हामी सँधै भुइँमान्छे भएर रहिरहन्छौँ ।

यो नौलो चिन्तन तपाईंहरुलाई कस्तो लाग्यो ?


बिचारक ससाँग लामाका अन्य लेखहरू नेपालिजममा पढौंः





Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page