top of page

प्रधानमन्त्री प्रचण्ड न्यू योर्क आई पुगे, सेप्टेम्वर २१ तारिख संरासंको ७८औं महासभालाई सम्वोधन गर्ने

Writer's picture: Nepalism.comNepalism.com

Exclusive: नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्र संघ (संरासं) को ७८ औं महासभामा भाग लिन आईतवार, सेप्टेवर १७ तारिख न्यू योर्क सहरमा आईपुगेकाछन्। न्यू योर्कमा ओर्लिदा प्रधानमन्त्री प्रचण्डलाई नेपाल सरकारको परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, संरासंकोलागि नेपाली स्थाई प्रतिनिधि महामहिम राजदूत लोकबहादुर थापा, अमेरिकाको लागि नेपाली महामहिम राजदूत श्रीधर खत्री र कार्यवाहक नेपाली महावाणिज्यदूत विष्णुप्रशाद गौतमले स्वागत गरेका थिए। प्रधानमन्त्री प्रचण्डले सेप्टेम्वर २१ तारिख महासभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ।


प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, विदेश सचिव भरतराज पौड्याल, अन्य सरकारी अधिकारीहरू, सुरक्षा अधिकारी र संचारकर्मीहरू सहभागी छन् ।


साथै, न्यू योर्क ओर्लिएकै दिन सेप्टेवर १७ तारिख प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गरेकाछन् ।


प्रधानमन्त्री प्रचण्डले सेप्टेवर १८ तारिख अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।


प्रधानमन्त्री दाहाल आगामी सेप्टेवर १८ तारिख न्यू योर्कबाटै चीनको औपचारिक भ्रमणकालागि चीनको हाङजाउ जाने कार्यक्रम छ । हाङजाउमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाट कार्यक्रम रहेको छ।


Press Release


Right Honourable Prime Minister Mr. Pushpa Kamal Dahal 'Prachanda' arrived in New York this morning leading the Nepali delegation to the 78th Session of the United Nations General Assembly (UNGA) being held at the UN Headquarters in New York.

 

The Rt. Hon. Prime Minister is accompanied by his daughter Ms. Ganga Dahal, Foreign Secretary Mr. Bharat Raj Paudyal, and other senior officials of the Ministry of Foreign Affairs.

 

The Rt. Hon. Prime Minister and the delegation were accorded a warm welcome in New York by Hon. Foreign Minister Narayan Prakash Saud, the Permanent Representative of Nepal to the United Nations H.E. Mr. Lok Bahadur Thapa, Ambassador of Nepal to the United States H. E. Sridhar Khatri, and other officials of the Permanent Mission and the Consulate General of Nepal in New York.

 

The Rt. Hon. Prime Minister is scheduled to have a meeting with the United Nations Secretary-General H. E. Mr. Antonio Guterres later today.

 

Permanent Mission of Nepal to the United Nations

New York


17 September 2023

 

Commenti


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page