top of page

सुपरिचित गीतकार तथा संगितकार सुक गुरुङको असामयिक निधन

Writer's picture: Nepalism.comNepalism.com


सुपरिचित गीतकार तथा संगितकार सुक गुरुङको ५४ वर्षको उमेरमा असामयिक निधन भएकोछ।सन् १९६५ मा लम्जुंगमा जन्मेका गीतकार तथा संगितकार सुक गुरुङको आफ्नो रचना र संगित भएको ‘ईशारा भाग-१-२’, ‘सिरानी’ र ‘निवेदन’ म्यूजिक नेपालबाट प्रकाशित छ भने विरानो माया, तिर्सना, सूचनालगायत जम्मा ११ वटा एल्बमहरू प्रकाशित छन्।


नेपालको चर्चित म्यूजिक ब्याण्ड ‘नेपथ्य’ को शुरूवाती बेलाको बहुचर्चित गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ का गीतकार र संगितकार यिनै सुक गुरुङ हुन्। सुक नेपाली सांगितिक क्षेत्रका चम्किला नक्षत्र हुन्।


गीतकार तथा संगितकार सुक गुरुङ केही वर्ष यता कृड्नी र डाईबेटिक रोगबाट संक्रमित थिए। यिनी लामो समयसम्म नेपालको पहिलो प्रोफेसनल फोटो स्टुडियो काठमाडौंको न्यूरोडस्थित फोटो कन्सर्नमा कार्यरत थिए।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page