top of page

न्यू योर्कमा नेपालकी वरिष्ठ सौन्दर्यशास्त्री सान्द्रा पुन मगर सम्मानित

Writer's picture: Nepalism.comNepalism.com

Special: नेपालकी वरिष्ठ सौन्दर्यशास्त्री एवं दक्षिण कोरियाबाट झण्डै दुई दशक अघिदेखि नेपाल फर्केर नौलो प्रविधिको ब्यूटी स्पा र एकेडमी संचालन गर्दै आएकी एनआरएन व्यावसायी सान्द्रा पुन मगरलाई मगर संघ अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा सम्मान प्रदान गरिएकोछ।


संघले आईतवार नोबेम्वर ५ तारिख सौन्दर्यशास्त्री पुन मगरलाई परम्परागत खादा, पुष्पगुच्छा र कदरपत्रद्वारा सम्मान गरेको हो।



सौन्दर्यशास्त्रमा दक्षिण कोरिया, अस्ट्रेलिया र अमेरिकाबाट साढे दुई दशकको अनुभव संगालेकी सान्द्रा पुन मगरको नेपालमा सन् २००५ देखि संचालित ब्युटी क्लबस् स्पा र एकेडमी छ जसबाट उनीबाटै दिईएको तालिमबाट दुई हजारभन्दा बढी विद्यार्थीहरूलाई ब्यूटी सम्बन्धि दक्ष जनशक्ति उत्पादन गर्न र नव व्यावसायीहरू जन्माउन सफलता मिलेकोछ।



यसैबिच, मगर संघ अमेरिका न्यू योर्क च्याप्टरले उनको सम्मानमा गोर्खाली रेष्टुरेण्ट न्यू योर्क कुईन्समा एक रात्रीभोजको पनि आयोजना गरेकोछ।


नेपालकी वरिष्ठ सौन्दर्यशास्त्री सान्द्रा पुन मगरको काठमाण्डूको भाटभटेनी, बुढानिलकण्ठ र पोखरामा ब्युटी क्लबस् स्पा र एकेडमी संचालनमा रहेकोछ। सन् २००२ देखि २००५ बिच दक्षिण कोरियामा उनले हेयर स्टाईलिंग, पर्मानेन्ट मेकअप, आईलास एक्सटेन्सन, नेल एक्सटेन्सन, आईलास लिफ्ट, आईलास टिन्ट र माईक्रोब्लेडिंगको तालिम लिएर पोखरामा सन् २००५ मा पहिलो ब्युटी क्लब स्पा सलुनको स्थापना गरी संचालनमा ल्याएकि थिईन्।



उनले सौन्दर्य सम्बन्धी नौलौ प्रविधि ल्याएकै कारण कान्तिपुरको साप्ताहिक पत्रिकामा उनको फिचर स्टोरी प्रकाशन भएपछि काठमांडूबाट सेलिब्रिटीहरू पोखरामा संचालित उनको स्पामा हवाईसेवा प्रयोग गर्दै आउन थालेपछि उनले सन् २००७ मा काठमांडूको भाटभटेनीमा दोश्रो ब्युटी क्लबस् स्पा स्थापना गरेकी थिईन्। कोरोना महामारी अघि उनको ब्युटी क्लबको आधा दर्जन शाखाहरू संचालनमा थिए भने पोखरा र भाटभटेनी शाखा अझै सन्चालनमा छ। यसैविच, उनले काठमांडूको बुढानिलकण्ठमा सन् २०२३ मा Beauty Clubs Aesthetics नाममा अत्याधुनिक ब्यूटी स्पा र एकेडेमी संचालनमा ल्याएकिछिन्। उनको स्पामा नेपालका चलचित्र, मोडेलिंग र गीतसंगित क्षेत्रका अधिकांश सेलिब्रिटीहरू नियमित सेवा लिने गर्दछन्।



पुर्ख्यौली घर म्याग्दी जिल्ला रहेको सौन्दर्यशास्त्री सान्द्रा पुन मगरको श्रीमान् केयोन केभिन कांग दक्षिण कोरियाली नागरिक हुन् भने उनीहरूका दुई छोरीहरू छन्।


सान्द्रा पुन मगर परिवारसंग


Prominent Nepali Beauty Expert Ms. Sandra Pun Kang Magar


Ms. Sandra Pun Kang Magar is a highly respected figure in the realm of beauty and aesthetics, with a remarkable career that spans over two decades. Hailing from Nepal, she has earned her prominence as a leading esthetician, beauty expert, and entrepreneur.


Ms. Magar's expertise has been honed through extensive training in renowned beauty hubs such as South Korea, Australia, and the United States, where she mastered the art and science of esthetics.


Since the year 2005, she has been imparting her wealth of knowledge to aspiring beauty professionals. Through her Beauty Club(s) Aesthetics Academy, Ms. Magar has trained a staggering 1200 students, guiding them on their journey to becoming skilled estheticians. Notably, over 800 students have successfully completed specialized beauty courses under her guidance and leadership, a testament to her dedication and passion for shaping the future of the beauty industry.

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page