top of page

महारानी एलिजाबेथ द्वितीयको अवसान र बेलायतको बिरासत

Writer's picture: Nepalism.comNepalism.com

Updated: Sep 10, 2022



-Pradeep Pariyar Thapa

Updated: Tribute: ग्रेट ब्रिटेन, युके (युनाईटेड किंगडम) या बेलायत- यि तीन नामले चिनिने मुलुककि महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएकोछ। दोश्रो विश्वयुद्धपछि उनी सन् १९५२ मा पिता किंग जर्ज छैंठौंको निधनपछि बेलायतको महारानी बनेकीथिईन्। बेलायती राजतंत्रको ईतिहासमा सबैभन्दा लामो शासन अवधि ७० वर्षसम्म राजकाज सम्हालेर रेकर्ड कायम गरेकी महारानी एलिजाबेथ द्वितीयको नाम नसुन्ने मानव यो संसारमा कमै होला। सबैभन्दा मर्मान्त को होला? “ब्रिटिश साम्राज्यमा सूर्य कहिल्यै अस्ताउँदैन (The sun never sets on the British Empire)” भन्ने विश्व प्रसिद्ध उक्तिको बिरासत निर्माण गर्ने एउटा यस्तो सैन्यबल जो बेलायती साम्राज्यको खातिर प्रथम र दोश्रो विश्वयुद्धमा अदम्य वीरतापूर्वक महायुद्ध लडेका थिए र बलिदानी दिएका थिए ति लाखौं वीर गोर्खाली सेना र उनीहरूको परिवार र दरसन्तानहरूको सर्वप्रिय महारानीकोरूपमा उनी सदा रहेकीथिईन् र सदा अमर रहीरहनेछिन्।


पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले भनेकाछन्- "Her Majesty was just 25 years old when she took on the enormous task of helming one of the world’s great democracies. In the decades that followed, she would go on to make the role of Queen her own—with a reign defined by grace, elegance, and a tireless work ethic, defying the odds and expectations placed on women of her generation.


During World War II, she became the first-ever female royal to serve on active military duty. And through periods of prosperity and stagnation—from the moon landing, to the fall of the Berlin Wall, to the dawn of the digital age—she served as a beacon of hope and stability for the people of the United Kingdom and the world."


प्रथम र दोश्रो विश्वयुद्ध


प्रथम विश्व युद्ध (१९१४-१८) मा डेढ करोडभन्दा बढी मान्छे मारिएका थिए भने साढे दुई करोड घाईते भएका थिए। प्रथम विश्व युद्धमा २ लाख गोर्खालीहरू ब्रिटिश साम्राज्यको पक्षमा युरोपका जर्मन, फ़्रान्स, जर्मन, ईटलीमा पुगेर लडेका थिए र उक्त युद्धमा यि नेपाली ५ हजार मारिएका र १५ हजार घाईते भएका थिए। मेरा बाजे भुवानसिं थापा मगर पनि उक्त विश्व युद्ध लडेका थिए।


प्रथम विश्व युद्ध बिरामको आर्मिस्टिस सम्झौता (नोवेम्बर ११, १९१८) गरेको २१ वर्षपछि दोस्रो विश्वयुद्ध (१९३९-४५) शुरू भएको थियो। दोस्रो विश्व युद्धमा ३० मुलुकहरूका ५ करोडदेखि ८ करोड सेना र जनधनको क्षति भएको तथ्यांक छ भने नेपाली सेना १ लाख १० हजार र ब्रिटिश सेनामा भर्ना भएका २ लाख ५० हजार गोर्खालीहरू गरी ३ लाख ६० हजार नेपालीहरू दोस्रो विश्व युद्धमा लडेका थिए जसमध्ये ७ हजार ५४४ जना मारिएको र २४ हजार अंगभंग भई घाईते भएको ईतिहास छ।


युद्धकै कुरा


युद्धकै कुरा गर्दा, न्यू योर्क टाईम्सको २००३ को क्रिस हेड्जको एक लेख अनुसार, २० औं शताव्दीमा १० करोड ८० लाख मान्छे मारिएका थिए भने पुरै मानव ईतिहासमा १५० मिलियनदेखि १ बिलियन जनधनको क्षति भएको उल्लेख छ। अझ उनले भनेकाछन् कि मानव ईतिहासको दस्तावेज़ भएको ३ हजार ४०० वर्षहरूमा हामी मानवहरू जम्मा २ सय ६८ वर्षहरू मात्र युद्ध नलडी बस्यौं। अर्थात जम्मा ८ प्रतिशत समय शान्तिपूर्वक र ९२ प्रतिशत समय हामी र हाम्रा पूर्खा कहीं न कहीं युद्ध लडेरै बिताएछौं।


नयाँ युगको शुरूवात


गोर्खाली सेनाले प्रथम र दोश्रो विश्वयुद्धपछि पनि हालसम्मै ब्रिटिश गोर्खाली सेनामा रहेर ग्रेट ब्रिटेनकोलागि वीरता र बलिदानी दिंदै आएकोछ। बेलायती सेनाको अभिन्न अंगकोरूपमा गोर्खाली सेना एलिजाबेथ द्वितीयको सेवा र सुरक्षार्थ खटिएको पनि उनको शासनकाल जत्तिकै पुरानो र परम्परा बनीसक्यो। उनी बिनाको आधुनिक बेलायत अब नबराजा बनेका उनका जेठा छोरा चार्ल्स तृतीयको शासलकालमा प्रवेश गरेकोछ। बेलायत अब महासाम्राज्य मुलुक हैन तर अझै पनि बेलायतले पहिले उपनिवेशी शासन गरेका ५४ कमनवेल्थ मुलुकहरूको राष्ट्रप्रमुख र १४ अन्य मुलुकहरूको महारानी या महाराजा अझै पनि बेलायती महारानी या महाराजा नै रहने मौलिक परम्परा छ।

コメント


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page