top of page

“बाकसमा नफर्किउँ”: रविले एनआरएनलाई सिईओ बन्न नेपाल फर्कन आव्हान

Writer's picture: Nepalism.comNepalism.com

Exclusive: यो हो नि तारिका! “कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त?” यो मन छुने राष्ट्रवादी आह्वान हो- अमेरिकाबाट नेपाल फर्केर मातृभूमि नेपाल आमा र नेपालमा बनेको कपडाहरू मात्र लगाएर जनताको सेवामा समर्पित हुन्छु भनी कसम खाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं भर्खरै सम्पन्न आमनिर्वाचनमा चितवन-२ बाट पहिलो पटक साँसद निर्वाचित रवि लामिछानको। अरूले गर्न नसक्ने काम रविले गर्दै आएकाछन्, अब आफ्नो पदचापमा अरू पनि लागुन् भनेर उनले नेपाल फर्किएर काम गर्न तयार हुनेलाई “No Visa, Free Ticket” भन्दै उद्घोष गरेकाछन्- “शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला।आफ्नो CV मलाई पठाउनु होला। म तपाईंलाई लिन आफै एयर्पोर्ट आउँछु।” कोही छ उनको मातृभूमि फर्केर केही राम्रो काम गरौं भन्ने यो च्यालेन्जलाई स्वीकार गर्ने? रविको यो पहलकदमीको विश्वभरका नेपालीहरूले वाहवाही गरेकाछन्।


रवि लामिछानेले प्रतिनिधि सभा सदस्यको शपथ लिएकै दिन जनसरोकार र सुशासनका तीनवटा महत्वपूर्ण सूचना जारी आह्वान गरेकाछन्- (१) उनको निर्वाचन क्षेत्र चितवन-२ को कार्यालयको निम्ति सिईओ (CEO) को आह्वान र प्राथमिकता स्वदेश फर्किने एनआरएनबाट, (२) संसदीय योजना तर्जुमा बोर्डको गठन, र, (३) “चितवन २ मा जे परे पनि” भन्दै WhatsApp म्यासेज मार्फत गुनासो सुचना संकलनको निम्ति नम्बर सार्वजनिकीकरण।


रवि लामिछानेले फेसबुक सामाजिक संजालमा बिहिवार जारी गरेको तीनवटा सार्वजनिक महत्वका आह्वानहरू यस्तो छः


“No Visa, Free Ticket


यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा  रहनु भएका ब्यवस्थापनमा दखलराख्ने, स्वदेशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई  खाँचो परेको छ। हाम्रो चितवन कार्यालयकालागि प्रमुख कार्यकारी अधिकृत CEO भएर  बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा  सहित म एयर्पोटमा स्वागत गर्न तयार छु। कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त? शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो CV मलाई पठाउनु होला। म तपाईं लाई लिन आफै एयर्पोर्ट आउँछु।”


“दोस्रो:

वाचापत्रमा लेखे बमोजिम संसदीय योजना तर्जुमा बोर्डको अवधारणा अघि सारेको छु।सचिवालयकालागि ५ जना (वैतनिक), विषय बिज्ञहरु १० जना ( बैठक भत्ता दिइने ) र पालिका वडा तथा टोल प्रतिनिधिहरु (अवैतनिक ) आव्हान गर्दछु। चितवनबाट प्रारम्भ गर्दै देश भरी यसै गरि कामग र्नेछौं। आउनुहोस् अब मिलेर काम गरौं। यस पछिको पोस्ट अझै अर्थ पुर्ण हुनेछ।”


“आज ३ ओटा पोस्ट गर्नेछु, यो पहिलो हो।


हामीलाई संसदसम्म पुर्याउन मद्दत गर्नु हुने देश भरीका तथा विदेशमा समेत रहनु हुने सम्पुर्णमा आभार व्यक्त गर्दछौं। मलाई विश्वास गरेर सर्वाधिक मतान्तरले विजयी गराउनु हुने चितवन २ का आदरणीय मतदाता ज्युहरुलाई विशेष धन्यवाद दिन चाहन्छु। देश भरिका नागरिकका मुद्दा हाम्रो  जिम्मेवारी हो।तर शुरूवात चितवन २ बाट गर्दैछु। चितवन २ मा जे परे पनि मलाई सूचना दिनु होला। अहिलेलाई WhatsApp म्यासेज मार्फत (कल होईन) गुनासो सुचना संकलन गर्नेछु।हाम्रा अन्य प्रत्यक्ष निर्वाचित सांसदज्यु हरुले पनि आफ्ना मतदाताका लागि आफ्नो नम्बर सार्वजनिक गर्दै हुनुहुन्छ।  थप २ वटा पोस्ट आजै केही समयको अन्तरालमा ।”


रवि लामिछानेको यो सत्प्रयासलाई होस्टेमाहैसे गर्ने सबै नेपालीको दायित्व रहन्छ। रविको योजना देशको योजना हो। जनताको सपना हो। यो सपनालाई बिपनामा साकार पार्न हामी सबै मिले मात्र सम्भव छ।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page