top of page

रवि बने फेरी नेपाली नागरिकः नेपाली नागरिकताको प्रमाण-पत्र पुरानै ना.प्र.नं. १८२२२ बाट प्राप्ति

Writer's picture: Nepalism.comNepalism.com

Updated: Exclusive: रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र बि.सं. २०५० सालमा लिएको पुरानै ना.प्र.नं. १८२२२ बाट प्राप्त गरेका छन् । लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गै सर्वोच्च अदालतको फैसलाबाट निष्कृय भएको पुरानो नागरिकताको प्रमाणपत्र बुझाएर पुनःप्राप्तिको निवेदन दिएर पुरानै ना.प्र. नंवर कायम गरी नेपाली नागरिकता प्राप्त गरेका हुन् । उनी अब अनागरिक रहेनन्।


काठमाडौं प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११  र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको बताएकाछन्।


यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेपछि पार्टीको सभापतिमा पुनः नियुक्त गरेको छ।


सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज भएको तर नेपाल फर्केपछि अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनर्प्राप्ति नगरेको ठहर गर्दै लामिछानेको सांसद पद खारेज गरेको थियो । जसको फलस्वरूप लामिछाने आफूले सम्हालेको नेपाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदबाट मुक्त भएका थिए।




Updated: Exclusive: अमेरिकाबाट नेपाल फर्केका पूर्व एनआरएन, चितवन-२ बाट निर्वाचितसाँसद, नेपालका बहालवाला उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नेपाली नागरिकताकोवैधानिकता सम्बन्धि सर्वोच्च अदालतको मुद्दामा भएको फैसलाअनुसार लामिछानेको साँसद, उपप्रम रगृहमन्त्रीका साथै उनले स्थापना र नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद मात्र गुमेको छैनबल्की अठचालिस वर्ष अघि उनी आफै जन्मेको मातृभूमि नेपालको अनागरिक बन्न पुगेकाछन् ।कानूनी व्यवस्था स्पष्ट नहुँदा नागरिक अनागरिक बन्नु पर्ने यस्तो दुखद परिस्थितिको जिम्मेवार को हो? सर्वोच्च अदालतको यो फैसलाले आफू जन्मेको मातृभूमिमै अनागरिक बनाउने नेपालको कानूनीअन्यौलतालाई भने संधैको निम्ति टुंगो लगाएकोछ । तर विश्वभर छरिएर रहेका आधा करोडनेपालीहरूको आकाँक्षा “एक पटकको नेपाली संधैको नेपाली” भन्दै दोहोरो नागरिकता रनागरिकताको निरन्तरताको मागमा चैं तुसारापात लागेकोछ।


Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page