top of page

सरकारबाट बाहिरियो रास्वपा- रवि लामिछानेको जवाफ

Writer's picture: Nepalism.comNepalism.com

Updated: Feb 5, 2023



Updated: Exclusive: रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड सरकारबाट बाहिरिने निर्णय गर्नुकासाथै आफ्नो पार्टीको तीन जना मन्त्रीहरूलाई फिर्ता बोलाएकोछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजिनामा दिएका छन् । उता पार्टी सभापति लामिछानेले रास्वपा कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो पार्टी सरकारबाट हट्ने निर्णय गरेको उल्लेख गर्दै आफू माथि लागेको आरोपहरूको सविस्तार खण्डन गरेकाछन्। हेर्नुहोस् लाईभ भिडियोः



रवि लामिछाने अमेरिकाबाट मातृभूमि नेपाल फर्किएका पूर्व गैरआवासीय (एनआरएन) र पूर्व संचारकर्मी हुन्। उनी नेपालमा November 20, 2022 मा सम्पन्न आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट नेपालभरमै अत्यधिक मतान्तरले विजयी साँसद बने भने उनको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सहित २० साँसद विजयी भै नेपालको संसदको चौंथो ठूलो दल बन्न सफल भएको थियो।


यसबिच, रवि लामिछाने प्रचण्ड सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री (December 26, 2022 – January 27 2023) बनेका थिए तर उनको नेपाली नागरिकताको वैधानिकता सम्बन्धि सर्वोच्च अदालतको मुद्दामा भएको फैसला (January 27, 2022) को कारण उनले साँसद पद (December 22, 2022 – January 27, 2023), उपप्रम र गृहमन्त्रीका साथै उनले स्थापना र नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका थिए र तीन दिनसम्म उनी आफै जन्मेको मातृभूमि नेपालको अनागरिक बन्न पुगेका थिए । उनले हाल आफ्नो पुरानै नेपाली नागरिकता प्रमाण-पत्र नम्वर कायम रहेको नयाँ नागरिकता प्राप्त (January 29, 2023) मा गरीसकेकाछन्।


रवि लामिछानेको नागरिकता प्रकरणको दूरगामी असर


रवि लामिछानेको नागरिकता मुद्दा प्रकरणपछि विश्वभर छरिएर रहेका आधा करोड नेपालीहरूको आकाँक्षा “एक पटकको नेपाली संधैको नेपाली” भन्दै दोहोरो नागरिकता र नागरिकताको निरन्तरताको मागको चर्चा चुलिएकोछ। रवि लामिछानेको नागरिकता प्रकरणको पराकम्पनको दूरगामी असर पर्ने पक्का छ। उनको यो नागरिकता प्रकरण उनको एकल मुद्दा हैन बल्की सम्पूर्ण गैरआवासीय नेपालीहरूको जीवनमा आईपर्ने प्रतिनिधि घटना हो। यसको न्यायसंगत निरूपण हुनु जरूरी छ।


तर विडम्बना! हाम्रो मातृभूमि तेहीं हो जहाँ राष्ट्रभक्त भीमसेन थापाहरूलाई घिसारेर जिउँदै सेरियर मर्नु बाध्य पारिन्छ, नेपालका प्रथम शहीद बनेका लखन थापाहरू जसलाई बिसंगति र अत्याचारको विरूद्ध बोल्दा झुण्डाएर मारिईन्छ र योगमायाहरू जो कुरीतिको बिरूद्ध शंखघोष गर्दा हामफालेर मर्न विवस पारिन्छ। र, नेपालमै जन्मिएका असली नेपाली छोरो रवि लामिछानेहरूलाई अनागरिक बनाउँन न्यायालय किन्चित ग्लानी ठान्दैन र देश दोहन गर्न पल्केका र तिनका भरौटेहरू रवि अनागरिक प्रमाणित गरिएकोमा बिना बिलम्ब हर्ष बढाईं गर्न तँछाडमछाड गरी लागि पर्छन्। यो कस्तो विडम्बना हो। रविले नेपाली नागरिकता नत्यागी अमेरिकी अंगिकृत नागरिकता लिएका थिए। किन कि अमेरिकी अंगिकृत नागरिकता लिने बेला अन्य मुलुकको नागरिकता त्याग्नु पर्ने कानूनी व्यवस्था छैन । सो कानूनी व्यवस्था नभएपछि रवि मात्र हैन दशौं हजार नेपाली अमेरिकी र लाखौं लाख अन्य मुलुकबाट अमेरिका आई अंगिकृत अमेरिकी नागरिकता (naturalized U.S. citizenship) लिएकाहरूले आ-आफ्नो मुलुकको नागरिकता नत्यागेको अवस्था छ। उसो त अमेरिकाको ५० भन्दा बढी देशहरूसंग दोहोरो नागरिकता (dual citizenship) को मान्यता कायम छ।

0 comments

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page