top of page

जनताले बनाएको भौमान रविः जनाकांक्षा र सपनाको प्रतिबिम्व

Writer's picture: Nepalism.comNepalism.com

-प्रदीप परियार थापा मगर

Updated: Opinion: रवि लामिछाने नेपाली राजनीतिमा एक रोक्न नसकिने (Unstoppable) शक्ति बनेकाछन्। र, अचम्म त उनी भूँईमान्छेहरूका जिउँदोजाग्दो भौमान बनेकाछन्। सामाजिक संजालमा रविको एउटा एनिमेटेड तस्विर छ जसमा रविलाई भगवान शिवको रूपमा देखाईएकोछ। यो तस्विरलाई रविका विरोधीहरूले “रवि भौमान” बन्न खोजे या रविभक्तहरूले उनलाई भगमान बनाईन खोजियो भनेर खुब खिसीट्युरी गरेर प्रचारप्रसार गर्दै आएकाछन्। तर राजालाई भगवान विष्णुको अवतार र कौमार्यता नगुमाएकी नेवार बालिकालाई साक्षात देवि (Living Goddess) कोरूपमा पुज्ने नेपाली समाजले रविलाई भगवान शिवकैरूपमा मनमा राखेको कुरालाई अनौठो मान्नु पर्दैन। हो, उनी भौमानै रैछन् भूँई मान्छेहरूका लागि । उनी सुपर हिरो, दबंग, spiderman, IP Man, terminator जे भन्न मन छ, सोही हुन् भूँईमान्छेहरूका लागि। उनीप्रति जनताको क्रेज यस्तरी बढ्योकि उनले उपचुनावमा पाएको कूल मतको सत्तरी प्रतिशत मत पाएको रेकर्ड ब्रेकिंग बारोमिटरले प्रमाणित गरेकोछ। उनी जनताले मुलुकमा सुशासन होस् र भ्रष्टाचार निवारण होस् भन्ने जनाकांक्षा र सपनाको प्रतिबिम्व बनेको कुरालाई अब कसैले नकार्न सक्दैन। मैले बाहुनको छोरो यति ईमान्दार भएको कहिल्यै देखेको छैन। शासन सत्तामा दशकौंदेखि र विशेष गरी बिसं. २०४६ मा बहुदलीय व्यवस्थाको पुनर्वहालीदेखि बाहुन समुदायका नेताहरूले एक छत्र राज गरेको नेपाल विगत तेत्तिस वर्षको दौरान देश यसरी कंगाल बनेकोछ र शासन व्यवस्था यतिविधि बेथिति र भ्रष्टाचारमा चुर्लुम्म डुबेकोछ कि यो फोहोर सफा गर्न बाहुन समाजबाटै कोही अघि नसरी अरूले यो राष्ट्रीय फोहोरको डंगुर सफा गर्नै सक्दैन। रबर स्ट्याम्प र अर्ग्यानिक जनजाति नेताहरू राष्ट्रीय राजनीतिमा नआएका हैनन् तर तिनीहरूले जनताको अवस्था बदल्ने कार्य गरेको कुनै रेकर्ड मसंग छैन।रवि समयको यस्तो माग हुन् जसले नेपाली राजनीतिको फोहोरलाई सफा गर्ने भिजन र ल्याकत राख्दछन्। नेतामा सुकर्म गर्ने दृढशक्ति (will power) र जनमत चाहिन्छ जुन रविमा नेपालका डेट एक्सपायर्ड नेताहरूभन्दा हजार गुणा बढी छ। रवि हाय हाय मात्र हैन अब पुराना र असान्दर्भिक रबर स्ट्याम्प नेताहरूलाई बाई बाई गर्ने बेला भएकोछ।


साउथ ईण्डियाका सुपरस्टार नायक नायिकालाई उनीहरूका प्रसंशकहरूले भगवानकैरूपमा मन्दिरै बनाएर पूज्ने गरेको कुरालाई माथ गर्ने गरी रविलाई नेपाली आम सर्वसाधारण जनताले गरेको माया र विश्वास नेपाली राजनीतिमा यो सम्भवतः पहिलो घटना हो।


रवि समर्थक या विरोधी जसले एनिमेसन गरेर तस्विर बनाएको भए पनि चितवन-२ को उपनिर्वाचनमा रविले नेपालकै ईतिहासमा सबैभन्दा बढी मतान्तरले विजयी भएपछि भने रवि भूँईमान्छेका मनमा भौमानकैरूपमा रहेछन् भन्ने कुरा प्रमाणित भएकोछ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्यका लागि बैशाख १० गते भएको उपनिर्वाचनमा चितवन-२ बाट नेपालमै सबैभन्दा बढी मतान्तर ल्याएर गत मंसिरको आमनिर्वाचनको आफ्नै रेकर्ड तोडेर विजयी बनेकाछन्। यो उपनिर्वाचनमा कूल ७८ हजार २७७ मत खसेकोमा लामिछानेले ५४ हजार १७६ मत पाएर रेकर्ड मतान्तरसहित पुनः साँसद चुनिएका हुन्।निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले पाएको ११ हजार २१४ मत रविकोभन्दा ४२ हजार ९६२ मतले मतान्तर छ।


उता नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन्।


रविले गत मंसिरको चुनावमा ४९ हजार ३०० मत पाएका थिए जुन तेतिखेरको नेपालकै सबैभन्दा बढी मतान्तरको जीत थियो।


रवि लामिछानेको गत मंसिरको निर्वाचनमा कूल ८४, ३१५ मतमा पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए भने उनीहरूबीचको मतान्तर ३४ हजार ३१२ मत थियो। यो तेतिखेरको सबैभन्दा मतान्तर रेकर्ड थियो। रविले आफ्नै रेकर्ड तोडेका हुन्।


रास्वपा सभापति लामिछानेलाई नागरिकता मुद्दामा सर्वोच्च अदालतको गत माघ १३ गतेको फैसलाबाट पद मुक्त गरिएपछि उपनिर्वाचन भएको हो। अमेरिकाबाट नेपाल फर्केका पूर्व एनआरएन, चितवन-२ बाट निर्वाचित साँसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नेपाली नागरिकताको वैधानिकता सम्बन्धि सर्वोच्च अदालतको मुद्दामा भएको फैसलाअनुसार लामिछानेको साँसद, उपप्रम र गृहमन्त्रीका साथै उनले स्थापना र नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति समेत गुमेको थियो र उनी अठचालिस वर्ष अघि उनी आफै जन्मेको मातृभूमि नेपालको अनागरिक बन्न पुगेका थिए ।


सर्वोच्च अदालतको आदेश अनुसार रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गै गत माघ १५ गते नेपाली बि.सं. २०५० सालमा लिएको पुरानै ना.प्र.नं. १८२२२ बाट नागरिकताको पुनः प्रमाणपत्र प्राप्त गरेका थिए । यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेपछि पार्टीको सभापतिमा पुनः नियुक्त गरेको थियो।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page