top of page

नेपालको तेश्रो राष्ट्रपतिमा प्रजातान्त्रिक आन्दोलनका जिउँदोजाग्दो साक्षी रामचन्द्र पौडेल निर्वाचित

Writer's picture: Nepalism.comNepalism.com

Exclusive: नेपालीहरूले नेपालको प्रजातान्त्रिक आन्दोलनको बहत्तर वर्ष लामो उतारचढावपूर्ण ईतिहासको जिउँदोजाग्दो साक्षी बनेका ७९ वर्षीय रामचन्द्र पौडेललाई नयाँ नेपालको तेश्रो राष्ट्रपतिकोरूपमा पाएकाछन्। समकालिन र कनिष्ठ नेताहरूले सत्ताको नेतृत्व सम्हाल्नेक्रममा देश र जनतालाई आआफ्नो स्वार्थसिद्धिको प्रयोगशाला बनाए पनि उनले चाँहीं जीवनपर्यन्त निष्ठाको प्रजातान्त्रिक राजनीति गर्दै आएका थिए। राष्ट्रपतिका उम्मेदवार नेकपा एमालेका अर्का असल व्यक्तित्व सुवासचन्द्र नेम्वांगलाई उनले पराजित गर्दैगर्दा नेपाल र नेपाली जनताले भने दुई शालिन राजनेताहरू मध्येबाट एक भरपर्दो अभिभावक पाएकोछ।


तनहूँ जिल्लामा जन्मेका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले किशोरावस्थादेखि नेपाली राजनीतिमा अविच्छिन्न नेतृत्व गर्दै आएकाछन्।उनी यसअघि नेपाली काग्रेसका वरिष्ठ नेता, पूर्व नेका उपसभापति, नेका पूर्व महामन्त्री, नेका संसदीय दलका नेता, पूर्व सभामुख, सन् १९९० मा बहुदलीय प्रजातन्त्रको पुनर्वहालीपछि चार पटक साँसद र दुई पटक मन्त्री बनी सकेकाछन्।


नेपालको समृद्धिको निम्ति नेपाली फोहोरी राजनीतिलाई सफा गर्नु पर्ने दृढ सोंचाई राख्दै आएका प्रखर बिचारक पौडेलको “राजनीतिको राजमार्गः स्थायित्व, सुशासन र समृद्धि” र “नेपालमा नेपाली काँग्रेस रूपान्तरणको मार्गचित्र” कृतिहरूको अध्ययनबाट नेपाली प्रजातान्त्रिक आन्दोलनको जिउँदोजाग्दो ईतिहास बोकेका पौडेलबाट अग्रगामी, लोकतान्त्रिक, स्थीर र नैतिकवान राजनीतिक नेतृत्वको अपेक्षा गर्न सकिन्छ।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page