न्यू योर्ककि नवोदित गायिका उर्मिलाको पहिलो गीत ‘लिन आउँछु भन्थ्यौ’ लोकप्रिय बन्दै
- Nepalism.com
- Oct 29, 2020
- 1 min read
Updated: Nov 16, 2020

अमेरिकाको न्यू योर्क सहरमा बसोवास गर्ने नवोदित गायिका उर्मिला लामगादेको पहिलो नेपाली गीत ‘लिन आउँछु भन्थ्यौ’ लोकप्रियताको शिखर चढ्दै गरेकोछ। बुढासुब्बा डिजिटलको यूट्यूब च्यानलमा सेप्टेम्वर १० तारिख रिलिज भएको ‘लिन आउँछु भन्थ्यौ’ को म्यूजिक भिडियो सवा छ लाखले हेरिसकिएकेछ।
हेर्नुहोस् ‘लिन आउँछु भन्थ्यौ’ को म्यूज़िक भिडियो:
गीतकार दिग्गज धौरालीको शब्द रहेको यो गीतको संगीतकार अर्जुन पोखरेलले सुमधुर संगित भरेकाछन्। म्यूजिक भिडियोमा नायिका पूजा शर्मा र राज कटुवालको अभिनय रहेको छ। सौरभईन्टरटेन्मेण्टको प्रस्तुति रहेको यो म्यूज़िक भिडियोमा कविराज गहतराजको निर्देशन, अर्जुन जिसीकोसम्पादन र सिनेमेटोग्राफ़ी सौरभ लामाको रहेको छ।
Kommentare