top of page

अमेरिकाको जर्सी सिटी र नेपालको ईन्द्रावती गाउँपालिका बिच सिस्टर सिटी बनाउन दुई मेयरद्वारा सम्झौता

Writer's picture: Nepalism.comNepalism.com

Updated: Dec 14, 2020

Historic Sister City Established between Jersey City and Nepal's Indrawati

Exclusive: अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच यहीं जनवरी २४ (January 24, 2019) तारिख सिस्टर सिटी बनाउन दुई मेयरद्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएकोछ। जर्सी सिटी मेयर स्टेभन फुलप र ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामांगले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलद्वारा गत डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो। जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेष दूत) को रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यि दुई शहर बिच सिस्टर सिटी बनाउन सफल भएको हो। अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो।

उक्त आठ बुँदे सम्झौता पत्रमा दुई शहरबिच शैक्षिक, प्राविधिक, साँस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक साधनस्रोत, सुसाशन, खेलकूद लगायतका क्षेत्रमा आदानप्रदान गर्ने उल्लेख गरिएकोछ।


यसअघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस (TPS) काउन्सिल रिजोलुसन पारित गरिएको थियो। टिपिएस रिजोलुसन पास गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो । त्यसैगरी, नेपाल र नेपालीको सम्मानकोलागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख अमेरिकि भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह (Nepali Flag Raising Day) सम्पन्न भएको थियो । सिटी हलभवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकि शहर हो र विश्वमैसम्भवत: पहिलो घटना हो। नेपाली सामाजिक अभियन्ता एवं जर्सी सिटी मेयर फुलपकि सल्लाहकार डा. बिश्णुमाया परियारले झण्डोत्तोलनको लागि पहल गरेकि थिईन् ।


ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामांग पूर्व अमेरिकी नेपाली एनआरएन हुन्। उनी ग्रिन कार्ड त्यागेर नेपाल फर्केका उदाहरणीय नेता हुन्। सामाजिक अभियन्ता डा. परियारले दुई मुलुकका स्टेक होल्डरहरूसंग लामो परामर्श पछि कर्मभूमिबाट मातृभूमि फर्किएका तामांगको योगदानको कदर गर्दै ईन्द्रावती गाउँपालिकालाई सिस्टर सिटी बनाउन चुनिएको हो। मेयर तामांग प्रवासी नेपालीहरूले देख्ने सपनाको साकार रूप र उदाहरण हुन् भने डा. परियार अमेरिकामा रहेर नेपाल र नेपालीहरूको पहिचानकोलागि विश्वस्तरमै कृयाशील सुपरिचित सामाजिक अभियन्ता हुन्।

प्रमुख बंशलाल तामांग हाल गाउँपालिका महासंघको महासचिव पनि हुन् भने न्यू योर्कस्थित सिन्धु-युएस वेलफ़ेयर सोसाईटीका संस्थापक अध्यक्ष पनि हुन्। उक्त सोसाईटीले नेपालका बिपन्न बालबालिकाहरूको अध्ययनमा उल्लेखनीय कार्य गर्दै आएको छ।


Nepal Flag Raising Ceremony held in Jersey City, first in the USA & World

Exclusive: New jersey: City of Jersey City from State of New Jersey, United States has become the first U.S. city which hoisted Nepal flag on atop its City Hall building on June 30, 2017. The City's charismatic Mayor Steven M. Fulop has hoisted Nepal flag amid applaud from cheerful members of Nepali American community.

Historic Sister City Established between Jersey City and Nepal's Indrawati

Comentários


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page