न्यू योर्कमा रिजवूड नेपाली सोसाईटीद्वारा स्वस्थानी एवं सत्संगत पूजा जनवरी १०-फेब्रूवरी ९ बिच हुँदै
- Nepalism.com
- Jan 9, 2020
- 1 min read

न्यू योर्क- रिजवूड नेपाली सोसाईटीद्वारा एक महिने स्वस्थानी एवं सत्संगत अनुष्ठान यहीं जनवरी १० देखि फेब्रूवरी ९ तारिख हरेक दिन बिच बेलुकी ८-१० बजे दुर्गा मन्दिर, 789 Wyckoff Ave, Ridgewood, NY 11385 मा आयोजना गरिएकोछ। उक्त पूजा पौष शुक्ल पुर्णिमा देखि शुरु भई माघ शुक्ल पूर्णिमा सम्म एक महिना स्वस्थानी ब्रत कथा बाचन गरी मनाईदैछ।
स्वस्थानी पूजा, आरती, कथा, भजन कीर्तनको साथै पंडित एवं विद्वानहरुद्वारा प्रवचन समेत गरि मनाईने कुरा सोसाईटीले जानकारी गराएकोछ। भक्तजनहरूलाई आफूलाई उपयुक्त हुने दिन कर्ता वस्नको लागि श्री स्वस्थानी ब्रत कथा सत्संगत अनुष्ठान समिति र रिजवुड नेपाली समाजका पदाधिकारीहरुलाई सम्पर्क गरी आफ्नो दिन सुनिश्चित गर्न अनुरोध गरिएकोछ।
Comments