top of page

मन छुने सत्य कथा: ‘राजदूतको कुकुर !’ को कहानी पढ्ने हैन?

Writer's picture: Nepalism.comNepalism.com

A true story book: “The Ambassador's Dog”


Book review: नेपाल र नेपालीलाई औधी माया गर्ने अमेरिकी राजदूत स्कट डेलिसी (Scott DeLisi) मुस्तांगको ट्रेकमा जाँदा बाटामा भेटेको भोटे कुकुर (Tibetan Mastiff) ‘लो खी’ जसलाई गोदलिएर (अपनाएर) उनले काठमाण्डू ल्याए र पछि अमेरिकासमेत लिएर आए, मुस्तांग यात्रामा भेट्दाको मन छुने कहानी लेखिएको सचित्र किताब ‘The Ambassador's Dog’ (राजदूतको कुकुर) भर्खरै बजारमा उपलब्ध भएको छ। मैले पनि भर्खरै प्राप्त गरें। पढ्दै जाँदा धेरै पटक भावुक बनेर रोएँ।पुरा किताब पढ्न एक घण्टा पनि लाग्दैन तर यदि तपाई बाल्यकालमा कुकुरसंग हुर्किनु भएको छ या जीवनकालमा मान्छेको सबैभन्दा विश्वासपात्र कुकुर पाल्नु भएकोछ भने यो पुस्तकले तपाईंको दिल छुनेछ, आँखा रसाउने छन् र तपाईले हुर्काएको कुकुरलाई अझ धेरै माया गर्नु हुनेछ। सुपरिचित चित्रकार जेन लिलियन भान्सको सुन्दर चित्रहरूले राजदूत डेलिसीले लेखेको मन छुने कथालाई थप सजिव बनाएको छ र मुस्तांगे साँस्कृतिक जनजीवनलाई आत्मसात गरेकोछ।

मलाई थाहा छैन, यो पुस्तक मैले कति पटक दोहोर्याएर पढ्नेछु। मेरो मन यि हरफहरूले खुब छोयो, -“That is what the puppy asked the winds. And the winds heard the pup’s wish, and they carried his hopes and dreams down the mountains, through the forests, and over the rivers that flowed across the land. The wind carried the puppy’s dreams to Kathmandu, the biggest city in Nepal. They carried his dreams to a man who felt the breeze brush his face and stir his soul with an unexpected lodging. And at that moment, a small puppy’s dream silently took root in his heart.” (P.13, the ambassador’s dog by Scott H. DeLisi, 2020)

राजदूत डेलिसी र उनको भोटे कुकुरको यो सुन्दर कथाले यि दुईको संयोगवशको भेट, गाढा मित्रता र गोद लिएपछि काठमाण्डूसम्मको यात्राको कहानीलाई समेटेको छ तर ‘लो खी’ को काठमाण्डू वसाई, राजदूत डेलिसी अवकासपछि अमेरिकाको यात्रा र ‘लो खी’ को अमेरिकी जीवनचर्या बारे दोश्रो पुस्तक लेखेर प्रकासन गरेमा पाठकको लागि उत्तिकै रुचिकर हुने थियो।

म पनि बालक छँदा हाम्रो घरको भोटे कुकुर ‘डाईमण्ड’ संग हुर्केको हूँ। हाम्री कान्छी आमाको म जेठो छोरो अनि गाउँको पुच्छारमा एक्लो घर। यिनै भोटे कुकुर डाईमण्ड दाई मेरा असली साथी थिए।यिनको घोंडा चढेर म अनेक धुलौटे खेल खेलेको र अनेकौं बाल महायुद्धहरू जितेको छु। गत साल फरवरीमा पचासौं वर्षे जन्मदिन हाम्री ८६ वर्षीय आमाको काखमा मनाउन गाउँ जाँदा भाई खड्गले दुईटा काले कुकुर (एउटा भोटे कुकुर) पाल्न ल्याएकारै’छन्। म त यि दुई भुन्टेहरूलाई देख्ने बित्तिकै भुतुक्कै भएँ। र, म फेरी मेरो ४० वर्ष अघिको बाल्यकालको यादमा डुब्न पुगें। अहिले एम्बासाडर डेलिसीले आफूले मुस्तांगको बाटामा भेटेको भोटे र गोदलिएको कुकुरबारे लेखेको किताबले म फेरी मेरो भोटे कुकुर दाई डाईमण्डको यादमा हराएकोछु।


राजदूत डेलिसीले आफूले गोदलिएको (एडप्ट) गरेको कुकुरबारे लेखेको किताब यहाँहरूले पनि यो लिंकमा गएर किनी पढ्नुहोला: https://the-ambassadors-dog.myshopify.com/products/the-ambassadors-dog

Excerpt from book introduction:


"The Ambassador's Dog" is a story of the power of serendipitous meetings, the power of dreams, and the power of hope. Written by retired career diplomat and three-time Ambassador Scott DeLisi and illustrated by award-winning artist, Jane Lillian Vance, it tells the tale of a puppy who waited on a trail in what once was the ancient kingdom of Lo on the Tibetan plateau and of the man who was meant to cross his path. It is a reminder that there is compassion and courage and hope to be found in the world if our hearts are open to seeing them.


Published by the team at Vajra Books in Kathmandu, Nepal, this book is a meticulous and creative blending of a compelling narrative and incredibly rich images. This book is a work of love -- and it shows.”

Commenti


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page