top of page

अमेरिकाको जर्सी सिटीमा दक्षिण एशियाली नारीहरुको ‘रातो सारीः हामी नारी’ कार्यक्रम सम्पन्न

Writer's picture: Nepalism.comNepalism.com

Updated: Oct 11, 2023

Updated: Exclusive: न्यू जर्सी- अमेरिकाको जर्सी सिटी शहरस्थित हड्सन स्पिक्स संस्थाको दक्षिण एशियाली परियोजना बोलो बहन (स्पिक्स सिस्टर) को आयोजनामा “The Red Saree: रातो सारीः हामी नारी” कार्यक्रम सम्पन्न भएको छ । न्यू जर्सी र न्यू योर्कमा बसोबास गर्ने दक्षिण एशियाली मुलुक नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाली महिलाहरुकासाथै अमेरिकी महिलाहरु रातो सारीमा सजिएर घरेलु र यौन हिंशाबारे जागरण अभियानमा सहभागी भएका थिए।हड्सन स्पिक्सकी वरिष्ठ कार्यक्रम निर्देशक डा. विष्णुमाया परियारको अगुवाईमा आयोजित समारोहमा प्रमुख अतिथि नेपाली चलचित्रकी वरिष्ठ हाँस्य अभिनेत्री बसुन्धरा भूषाल र किनोट स्पिकर न्यू जर्सी राज्यकी सभासद एन्जेला मेक्नाईट रहेकी थिईन्।


हड्सन स्पिक्स अगेस्ट सेक्सुअल भायलेन्सकी वरिष्ठ कार्यक्रम निर्देशक डा. परियारले स्वागत मन्तव्यकोक्रममा दक्षिण एशियाली अमेरिकी समुदायमा घरेलु र यौन हिंसा बढ्दो अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै हड्सन स्पिक्सले चौविसै घण्टा हेल्पलाइन र अन्य सुविधाहरू प्रदान गर्दै आएको बताईन्। हड्सन स्पिक्सकि आउटरिच कोअर्डिनर नाताली अकेलले संस्थाले दिने सुविधाहरूबारे प्रकाश पारेकी थिईन्।

उक्त समारोहलाई प्रमुख अतिथि नेपाली चलचित्रकी वरिष्ठ हाँस्य अभिनेत्री बसुन्धरा भूषाल, किनोट स्पिकर न्यू जर्सी राज्यकी सभासद एन्जेला मेक्नाईटकासाथै अन्य अतिथिहरू जर्सी सिटी काउन्सिल सदस्य मिरा प्रिन्ज आरे, न्यू जर्सी राज्यको बालबालिका तथा परिवार विभागकि विशेषज्ञ क्यारेन स्कालाण्टे, न्यू जर्सी यौन हिंसा विरूद्धको सन्जाल (एनजे कासा) कि सह-निर्देशक डा. डेनिस रोड्रिगेज, हड्सन काउन्टी प्रोसिक्युटरका कमाण्डर क्याप्टेन हाभिएर टोरो, जर्सी सिटी महिला परामर्श वोर्डकि अध्यक्ष ट्यामी हेनरी, जर्सी सिटी स्वास्थ्य तथा मानव सेवा विभागकी निर्देशक स्टेसी लिया फ्लानागन, फर्नान्डेज ईनिसियटिभ्सकी प्रेसिडेंट डेनिस फर्नान्डेज, ईन्सपायर्ड बाई यूकी संस्थापक सान्टेरेसा, नेपाली डायस्पोरा अलायन्सका महासचिव प्रदीप परियार थापा र खसोखासका प्रधान सम्पादक किशोर पन्थीले सम्वोधन गर्दै समाजमा घरेलु र यौन हिंसाको रोकथाममा सबै मिलेर सहकार्य गर्नु पर्ने कुरामा जोड दिंदै हड्सन स्पिक्सले पुर्याउँदै आएको नि:शुल्क सेवाको सराहना गरे।

सो समारोहमा सामूहिक स्वागत नृत्य बसन्त डान्स सेन्टर न्यू योर्कका नृत्य निर्देशक विजयमान नकर्मीको कोरियोग्राफ़ीमा कलाकारहरू हृदयसी डंगोल, कत्याएनी शाह, कोहिनूर श्रेष्ठ, निभा श्रेष्ठ, सन्जिना रन्जित, दिव्या पौडेल, दुर्गा खत्री, यसोदा गुनी, बैशाली श्रेष्ठ र कृष्णा श्रेष्ठले प्रस्तुत गरेका थिए।

समारोहमा वरिष्ठ गायिका बिमाकुमारी दुरा, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष निशा सुनार र जारा रीत प्रसाईले आ-आफ्ना सुमधुर गीतहरू प्रस्तुत गरेका थिए भने हाँस्य कलाकार महादेव त्रिपाठीले वरिष्ठ हाँस्य अभिनेत्री बसुन्धरा भूसाललाई उनकै पुरानो सिंदुर चलचित्रको गीत “ए नक्कली” मा नचाएर पाहुनाहरूलाई खुव मनोरंजन दिलाए।


त्यसैगरी, वुमन फर कजकी पूर्व अध्यक्ष तथा कलाकार कविना महर्जन, नायिका रंजिता गुरूंग, नेपाली अमेरिकन कलाकार संघकी उपाध्यक्ष तथा कलाकार बसन्ती राई र कलाकार स्रिया चापागाईले नेपाली नृत्यहरूको मनमोहक प्रस्तुति गरे।

समारोहमा नेपालका संचारकर्मी, कान्तिपुर दैनिकका उप-सम्पादक जगदिश्वर पाण्डेलाई जर्सी सिटी सहरका परिषद प्रेसिडेंट जोयस वाटरम्यानद्वारा विशेष कदरपत्रबाट सम्मान गरियो।


त्यसैगरी, हड्सन स्पिक्सकी वरिष्ठ कार्यक्रम निर्देशक डा. विष्णुमाया परियारलाई ईन्सपायर्ड बाईयूद्वारा सम्मान गरियो।


समारोहको सन्चालन डाटा स्पेसलिष्ट ऐश्वर्या शर्मा र रजिस्टर्ड नर्स रमना भट्टले संयुक्तरूपमा गरेका थिए।


समारोहमा पाहुनाहरूलाई दक्षिण एशियाली र नेपाली खाना खुवाईएको थियो।


हड्सन स्पिक्स संस्थाको सिग्नेचर परियोजना बोलो बहन (स्पिक्स सिस्टर) ले जर्सी सिटी र हड्सन काउण्टी भरका घरेलु र यौन हिंशामा परेका दक्षिण एशियाली मुलुकका महिलाहरुलाई चौबिसै घण्टा नि:शुल्क हेल्पलाईन, हस्पिटल सेवा, काउन्सेलिङ सेवा र कानूनी रिफरल प्रदान गर्दछ । यो सेवा नेपाली, हिन्दी, बङ्गाली, गुजराती, उर्दू र अङ्रेजी भाषामा उपलब्ध छ ।


Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page