top of page

Time is Now! यस कारण रास्वपाका तीन उम्मेदवाहरूलाई नेपालिजमको ईन्डोर्समेण्ट!

Writer's picture: Nepalism.comNepalism.com

नेपालिजम लोकतन्त्र, सुशासन र विकासवादमा विश्वास राख्दछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एउटा यस्तो बैकल्पिक नयाँ पार्टी हो जसले नेपालको वर्तमानको यथास्थिति र बेथितिको विरूद्ध स्पष्ट धारणा अघि सारेको छ। बैशाख १० मा चितवन, तनहूँ र बारामा हुन गैरहेको उपनिर्वाचनमा रास्वपाका तीन उम्मेदवारहरू क्रमशः रवि लामिछाने, डा. स्वर्णिम वाग्ले र रमेश खरेललाई नेपालको संसदमा पुर्याउन हामी सम्पूर्ण मतदाता नेपाली जनतामा अपील गर्दछौं। यहाँको एक मतले देशको मुहार बदल्ने क्षमता राख्दछ।


१. राष्ट्रिय स्वतन्त्र पार्टी यस्तो नयाँ राष्ट्रवादी पार्टी हो जसको नेतृत्व नेपालका सवल युवाहरूले गरेकाछन्। जो नेपालको समृद्धि र राजनीतिक कुसंस्कारको अन्त्य चाहन्छन्।


२. सो दलका संस्थापक एवं अध्यक्ष रवी लामिछाने यस्ता कर्मठ युवा हुन् जसको ईमान्दारिता र नेपाल बनाउने नियतमा शंका गर्ने ठाउँ छैन।


३. पुराना दलहरूले छयालिस सालदेखि अर्थात ३३ वर्षदेखि नेपालमा शासन गरी रहेकाछन् तर नेपालको समृद्धि र नेपाली जनताको जीवनस्तर उकासिनुको सट्टा दिनानुदिन कष्टकर बनाए। दैनिकदुई हजार बढी नेपाली युवाहरू अहिले विदेश पलायन हुन बाध्य पारिनुमा तेत्तिस वर्ष अघि फालेको पंचायती एकल व्यवस्थाको कारण हैन, विगत तेत्तिस् वर्षदेखि सत्तानसिन दलहरूको कारण हो।


४. विगत तेत्तिस वर्षदेखि देशमा बेथिति र भ्रष्टाचार मौलाउन दिने दलहरूलाई मत दिएर, भोट हालेर हेरियो अब, नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएर एक पटक मौका दिनु जीवनमा आउने, एकजुगमा एक पटक आउने त्यस्तो सुनौलो अवसर हो कि यो अवसर गुमाउनु भनेको नेपालको वर्तमान दुर्भाग्य यथास्थितिमै रहन दिनु हो।


५. त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीका तीन उम्मेदवारहरूलाई यहीं बैशाख १० गते हुने आमनिर्वाचनमा आफ्नो अमूल्य मत दिएर देशको मुहार फेर्ने ढोका खोलौं।

🙏💕👏🙏


-प्रदीप परियार थापा

संपादक

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page