top of page

समृद्ध नेपालको लागि डा. महावीर पुनका दुई सय दिन ! किताब बेचेरै १० करोड रू संकलन

Two Hundred Days for Nepal’s Prosperity!

Exclusive: नेपाल आमाको सच्चा सन्तान वैज्ञानिक डा. महावीर पुन मगर नेपाल भरी दुई सय दिन घुमेर १ लाख २५ हजार कपि आफ्नो आत्मकथा किताब बिक्री गरेर झण्डै दश करोड रू. संकलन गर्न सफल भएकाछन्। डा. पुनले चालिसभन्दा बढी चम्किला नेपाली युवा अन्वेषक वैज्ञानिकहरूको अनुसंधान र वीरगन्ज कृषि औजार कारखानाको संचालनका लागि सम्पूर्ण संकलित रकम समर्पण गरेकाछन्। संभवतः यो विश्वमै पहिलो सफल सत्प्रयास हो निकम्मा सरकारको नवप्रवर्तन र आविष्कार विरोधी नीतिको एक्लो वक्तिले छेडेको परिवर्तनको शंखघोष। साधुवाद छ नेपालका सुपुत्र डा. पुनको सत्कर्मलाई।


डा. पुनले अगष्ट १८ मा आफ्नो फ़ेसबुक पेजमा लेखेका छन्-


प्यारा नेपाली दाजु भाई दिदी बहिनीहरू - आज किताब बेच्दै हिंडेको पनि ट्वाक्कै २०० दिन पुगेछ। अहिले सम्म १० हजार ८ सय ४० किलोमिटर गुडिएछ । अनि १ लाख २५ हजार भन्दा बढि किताब बेचिएछ। सहयोगी सबैलाई धन्यवाद छ। अरु जिल्लाहरुमा पनि आउँदैछौ । कृपया पर्खनु होला।🙏🙏🙏 ऎ... हो...  चट् चट् चट् - -“


विडम्बना त यो छ कि नेपाल सरकारको यो जनता विरोधी हर्कतले गर्दा लाजले पनि लजाएको युगमा हामी बाँचीरहेका छौं। संघीय र प्रदेश सरकारले नवप्रवर्तन र अनुसन्धानको निम्ति डा. पुनले नेतृत्व गरेको राष्ट्रिय आविष्कार केन्द्रको माग अनुसार बजेट विनियोजन नगरेको तीतो यथार्थ छ। आशा गरौं, डा. महावीरको यो निःस्वार्थ दृष्टान्तले सयौं हजारौं महावीरहरू जन्मिनेछन् र मातृभूमि नेपालको मुहार फेर्नेछन्।

תגובות


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page