top of page

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमित । U.S. President Trump tested Corona Positive

Writer's picture: Nepalism.comNepalism.com

Exclusive: अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प कोरोना पोजिटिव देखिएकाछन्। उनकी श्रीमति फर्स्टलेडी मेलानिया ट्रम्प पनि कोरोना संक्रमित देखिएकीछिन्। राष्ट्रपति ट्रम्पले शुक्रवार ट्विट गर्दै भनेकाछन्-‘Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!’ अमेरिकामा ७२ लाखभन्दा बढी जनता कोरोना संक्रमित भएकाछन् भने २ लाख ७ हजार बढीको कोरोनाभाईरसबाट मृत्यू भएकोछ तर राष्ट्रपति ट्रम्पले कोरोनाभाईरसको संक्रमणलाई शुरूदेखिनै नजरअन्दाज गर्दै आएकाछन्।सविस्तार समाचार लिंकमा पढ्नुहोस्:


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना पोजिटिव देखिनु अघि ह्वाईट हाउसकी वरिष्ठ सल्लाहकार होप हिक्स कोरोना पोजिटिव देखिएकीथिईन्। गत मंगलवार सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसंगै अमेरिकी राष्ट्रपति उड्ने एयरफ़ोर्स वन हवाईजहाजमा चढेर राष्ट्रपतीय डिबेटमा भाग लिन ओहायो राज्यको क्लेभल्याण्ड गएकीथिईन्। यद्यपि राष्ट्रपति ट्रम्पलाई कसरी कोरोना संक्रमण भयो भनेर तथ्य बाहिर आईसकेकोछैन।


अमेरिकामा ७२ लाखभन्दा बढी जनता कोरोना संक्रमित भएकाछन् भने २ लाख ७ हजार बढीको कोरोनाभाईरसबाट मृत्यू भएकोछ । ज़ोन हप्किन्स विश्वविद्यालयको अक्टुवर २ सम्मको पछिल्लो तथ्यांकअनुसार, विश्वभर ३ करोड ४३ लाख २४ हजार २०७ कोरोना संक्रमित भएकाछन् भने १० लाख २३ हजार ४५१ को कोरोनाभाईरसको संक्रमणबाट मृत्यू भएकोछ।


राष्ट्रपति ट्रम्पले कोरोनाभाईरसको संक्रमणलाई पटक पटक नजरअन्दाज गर्दै आएको कुरा जताततै छताछुल्ल भएकोछ। राष्ट्रपति ट्रम्पले गत फेब्रूवरी १० तारिख कोरोनाभाईरस नर्मल हुने बताउँदै भनेका थिए, “I think the virus is going to be -it’s going to be fine.”


त्यसैगरी, राष्ट्रपति ट्रम्पले गत फेब्रूवरी २८ तारिख कोरोनाभाईरस एक दिन चमत्कारिकरूपमा हराएर जाने भन्दै दावा गरेका थिए जुन ग़लत मात्र हैन खतरनाक सावित भैसकेकोछ: "It's going to disappear. One day, it's like a miracle, it will disappear."

राष्ट्रपति ट्रम्पले गत फेब्रूवरी २८ तारिख नै कोरोनाभाईरसलाई डेमोक्रेयाटहरूले राजनितिकरण गरेको भन्दै यो भाईरस भन्ने कुरा उनीहरूको झुठो प्रचार हो भनेकै थिए, "The Democrats are politicizing the coronavirus,...This is their new hoax."

राष्ट्रपति ट्रम्पले आफ्नै सरकारको संक्रमण रोग विभाग CDC को कोरोनाभाईरस संक्रमणलाई कम गर्न मास्क लगाउनु पर्ने म्यान्डेटलाई शुरूदेखिनै अस्वीकार र नजरअन्दाज गर्दै आएका थिए। समाचारअनुसार, उनलाई शुक्रवार कोरोना पोजिटिव देखिनु दुई दिन अघि गत मंगलवारसम्म पनि राष्ट्रपति ट्रम्प अमेरिकी राष्ट्रपति उड्ने एयरफ़ोर्स वन हवाईजहाजमा अन्य कर्मचारीसंगै बिना मास्क चढेर राष्ट्रपतीय डिबेटमा भाग लिन ओहायो राज्यको क्लेभल्याण्ड गएकाथिए।

0 comments

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page