top of page

उज्ज्वल ठकुरीको ८ औं विश्व किर्तिमानी

Writer's picture: Nepalism.comNepalism.com

Updated: Mar 8, 2021




-Bijay Thapa

डिसी महानगर क्षेत्र । नेपाली कराते खेलाडी उज्जवल शर्मा ठकुरीले गिनिज वर्ल्ड रेकर्डसको आठौं पटक विश्व किर्तिमानी कायम गर्न सफल भएकाछन्।


खेलाडी उज्ज्वल ठकुरीले भारतको ताईक्वान्डो खेलमा ओलम्पिक प्रतियोगिताका लागि छनौट खेलाडी साई दीपक पटेलले गरेको विश्व कीर्तिमानीलाई भंग गरि दिएका हुन् ।


खेलाडी ठकुरीले ६ किलोग्रामको वजन खुट्टामा बाँधेर ४ फिट माथि लात हान्न प्याड समाउन लगाएर ३ मिनेटमा १४३ लात्ती (किक) हानेर चकित पारि दिएका थिए। उनले यो अचम्मित प्रहार भारतको ओलम्पिक खेलाडी भन्दा लगभग दुई गुना प्रहार गरि विश्व रेकर्ड उपाधि हासिल गरेका हुन् ।


खेलाडी पटेलले २०१९ मा ५ किलो खुट्टाले बोकी ३ मिनेटमा ८३ किक हानेर विश्व कीर्तिमान कायम गरेका थिए । तर यो उपाधि अब अमेरिकाबाट २०२१ मा उज्ज्वल ठकुरीले उक्त किर्तिमान तोडेका हुन्।


नयाँ विश्व कीर्तिमान स्थापित गर्न उज्ज्वल ठकुरीले ३ बर्षसम्म खुट्टा र लात हान्ने व्यायाम शुरू गरेका थिए। अन्ततगत्वा उनले गरेको कडा परिश्रम, मेहनत, निरन्तरता र समर्पणको फल उनले प्राप्त गरेकाछन्।


परीक्षणको क्रममा पहिलो एक वा दुई महिना ठकुरीलाई कम्मरमा समस्या उत्पन्न होला जस्तो ठानेको बताए । तर उनले लगनशीलताका साथ आफ्नो अभ्यास प्रणालीलाई निरन्तरता दिए।

त्यति मात्र होइन, विश्व किर्तिमानी ठकुरीले उही भारतीय खेलाडी पटेलले सन् २०१७ मागरेको विश्व किर्तिमान माथि ३ मिनेटमा ४ फिट माथि १७५ घुँडा प्रहार बनाएको विश्व किर्तिमानसमेत तोडी सकेका छन्। खेलाडी ठकुरीले २०१८ मा ३ मिनेटमा २२६ घुँडा प्रहार गरेर रेकर्ड तोडेका थिए । उतिबेला पनि ठकुरीले भारतीय खेलाडीलाई ५१ अतिरिक्त किक प्रहार गरेर विश्व किर्तिमानीको उपाधि हात पारेका थिए ।


अर्को शब्दमा ठकुरीले भारतीय खेलाडीको घुडा प्रहार र किकको दुई बलियो किर्तिमान खोसि दिएका छन् । ठकुरीद्वारा सम्पन्न सम्पूर्ण विश्व कीर्तिमान मात्र मार्शल आर्टसँग सम्बन्धित छ।


उनको सपना मार्शल आर्टमा १० वटा विश्व किर्तिमान राखेर नेपाल र अमेरिका दुबै देशको नाम विश्व शिखरमा पुराउने रहेको छ । ठकुरी एक मात्र यस्ता नेपाली कराते खेलाडी हुन् जस्ले संयुक्त राज्य अमेरिकामा मार्शल आर्टमा एक नेपालीको रूपमा र आप्रवासी समुदायको एक हिस्साकोरूपमा यति उच्च विश्व किर्तिमानी हासिल गरेका छन्।


ठकुरीको अन्य विश्व कीर्तिमानहरू पनि खतरनाक छन्। उनले आफ्नो किर्तिमानी रेकर्ड तोड्न चुनौति दिदै जसले यसलाई भत्काउँछ उ वास्तवमै नायक हो र म उसको सम्मान गर्दछु भनि बताए ।


उनको यो किर्तिमान अक्टोबर २०, २०२० मा तोडिएको भएता पनि गिनिज वर्ल्ड रेकर्डले कोरोना महामारीको कारण हालसालै मात्र प्रमाणपत्र प्रदान गरेको हो।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page