top of page

रोक्न नसकिने शक्ति (Unstoppable Rabi Lamichhane!) रवि नेपालमै सबैभन्दा बढी मतान्तरले विजयी

Writer's picture: Nepalism.comNepalism.com

Exclusive: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्यका लागि बैशाख १० गते भएको उपनिर्वाचनमा चितवन-२ बाट नेपालमै सबैभन्दा बढी मतान्तर ल्याएर गत मंसिरको आमनिर्वाचनको आफ्नै रेकर्ड तोडेर विजयी बनेकाछन्। यो उपनिर्वाचनमा कूल ७८ हजार २७७ मत खसेकोमा लामिछानेले ५४ हजार १७६ मत पाएर रेकर्ड मतान्तरसहित पुनः साँसद चुनिएका हुन्।निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले पाएको ११ हजार २१४ मत रविकोभन्दा ४२ हजार ९६२ मतले मतान्तर छ।


उता नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन्।


रविले गत मंसिरको चुनावमा ४९ हजार ३०० मत पाएका थिए जुन तेतिखेरको नेपालकै सबैभन्दा बढी मतान्तरको जीत थियो।


रवि लामिछानेको गत मंसिरको आमनिर्वाचनमा कूल ८४, ३१५ मतमा पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए भने उनीहरूबीचको मतान्तर ३४ हजार ३१२ मत थियो। यो तेतिखेरको सबैभन्दा मतान्तर रेकर्ड थियो। रविले आफ्नै रेकर्ड तोडेका हुन्।


रास्वपा सभापति लामिछानेलाई नागरिकता मुद्दामा सर्वोच्च अदालतको गत माघ १३ गतेको फैसलाबाट पद मुक्त गरिएपछि उपनिर्वाचन भएको हो। अमेरिकाबाट नेपाल फर्केका पूर्व एनआरएन, चितवन-२ बाट निर्वाचित साँसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नेपाली नागरिकताको वैधानिकता सम्बन्धि सर्वोच्च अदालतको मुद्दामा भएको फैसलाअनुसार लामिछानेको साँसद, उपप्रम र गृहमन्त्रीका साथै उनले स्थापना र नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति समेत गुमेको थियो र उनी अठचालिस वर्ष अघि उनी आफै जन्मेको मातृभूमि नेपालको अनागरिक बन्न पुगेका थिए ।


सर्वोच्च अदालतको आदेश अनुसार रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गै गत माघ १५ गते नेपाली बि.सं. २०५० सालमा लिएको पुरानै ना.प्र.नं. १८२२२ बाट नागरिकताको पुनः प्रमाणपत्र प्राप्त गरेका थिए । यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेपछि पार्टीको सभापतिमा पुनः नियुक्त गरेको थियो।

 
 

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page