top of page

विश्व प्रसिद्ध अमेरिकी टेलिभिजन प्रस्तोता लारी किंगको ८७ वर्षको उमेरमा निधन

Writer's picture: Nepalism.comNepalism.com

Exclusive: विश्व प्रसिद्ध अमेरिकी टेलिभिजन प्रस्तोता लारी किंगको ८७ वर्षको उमेरमा जनवरी २३ मा निधन भएकोछ। उनी गत डिसेम्बरमा कोरोना महारोगबाट संक्रमण भै लस एन्जेलसस्थित अस्पतालमा उपचारत थिए। विश्व प्रतिष्ठित अमेरिकी टेलिभिजन च्यानेल, सिएनएन (CNN) मा आफ्नो टक सो Larry King Live २५ वर्ष (१९८५-२०१०) सम्म सन्चालन गरेका किंगले आफ्नो जीवनकालमा ५० हजारभन्दा बढी अन्तर्वार्ता लिएर विश्व रेकर्ड कायम गरेका थिए। हाई स्कूलसम्मको अध्ययन गरेका किंग आफ्नो प्रतिभा र मिहिनेतले सफताको सिंढी चढेका थिए।

अमेरिकी टेलिभिजन पत्रकार लारी किंगले सिएनएनबाट निस्किएपछि सन् २०१२ मा विश्वकै धनी मेक्सिकन व्यावसायी कार्लोस् स्लिमसंग मिलेर Ora TV संचालन थालनी गरेका थिए। उनको जीवनकालमा फेसबुक एकाउण्टमा अक्टोवर ८ तारिख पोष्टमा राखिएको लाईभ अन्तर्वार्ताको पोष्ट पत्रकारिता सम्बन्धि अन्तिम थियो भने उनले त्यसपछि अक्टूबर २८ मा Los Angeles Dodgers लाई वधाई दिएको अन्तिम पोष्ट गरेका थिए। उनको निधनपछि जनवरी २३ को उनको फेसबुक पोष्टमा भनिएकोछ:


“January 23, 2021


With profound sadness, Ora Media announces the death of our co-founder, host, and friend Larry King, who passed away this morning at age 87 at Cedars-Sinai Medical Center in Los Angeles.


For 63 years and across the platforms of radio, television and digital media, Larry's many thousands of interviews, awards, and global acclaim stand as a testament to his unique and lasting talent as a broadcaster. Additionally, while it was his name appearing in the shows' titles, Larry always viewed his interview subjects as the true stars of his programs, and himself as merely an unbiased conduit between the guest and audience. Whether he was interviewing a U.S. president, foreign leader, celebrity, scandal-ridden personage, or an everyman, Larry liked to ask short, direct, and uncomplicated questions. He believed concise questions usually provided the best answers, and he was not wrong in that belief.


Larry's interviews from his 25-year run on CNN's "Larry King Live," and his Ora Media programs "Larry King Now," and "Politicking with Larry King" are consistently referenced by media outlets around the world and remain part of the historical record of the late 20th and early 21st centuries.


Ora Media sends our condolences to his surviving children Larry, Jr., Chance, Cannon and the entire King family.


Funeral arrangements and a memorial service will be announced later in coordination with the King family, who ask for their privacy at this time.”


उनको भेरिफाईड फेसबुक एकाउण्ट/पेजमा ३ लाख, ५६ हजार, १०९ बाट लाईक र फलो गरिएकोछ।उनको पोष्ट अपडेट गत वर्ष सन् २०२० को अक्टोवर २८ तारिख यता गरिएको थिएन।


त्यसै गरी उनको ट्वीटर एकाउण्टमा २.४ मिलियन (चौबीस लाख) फलोयर छ। उनी जिवित छँदै गत नोवेम्बर २६ मा Happy Thanksgiving ! भनेको ट्वीटपछि आज जनवरी २३ मा उनको निधनपछि उनको निधनको घोषणा गर्दै फोटो र उनको कम्पनीको प्रेस विज्ञप्ति प्रकासन गरिएकोछ।


अमेरिकी टेलिभिजन पत्रकार लारी किंगको जन्म सन् १९३३ को नोवेम्बर १९ तारिख न्यू योर्क सहरको ब्रुकलिनमा भएको थियो। उनको परिवार रसियाबाट अमेरिका वसाई सरेको रसियन जुईस (यहुँदी) परिवार थियो। उनको सात श्रीमतिहरूसंग बिवाह र डिभोर्स भएको थियो भने उनका पाँच सन्तान छन्।


Trubute to legendary TV personality Larry King.



Comentarios


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page